नेपाल शिक्षक संघले गर्यो भिडियो कन्फरेन्स मार्फत शैक्षिक अन्तरक्रिया

कमल । देशमा नोवेल कोरोना भाईरस (कोभिड १९) का कारण शिक्षा क्षेत्रमा गम्भिर असर परेकोले यस्तो अवस्थामा कसरि शैक्षिक कृयाकलाप ग गर्ने भन्ने विषयमा बुधवार नेपाल शिक्षक संघ शिवसताक्षीले भिडियो कन्फरेन्स मार्फत शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।
झापा जिल्लामा नेपाल शिक्षक संघ संग आवद्ध विभिन्न व्याक्तिहरु विच Zoom Cloud Meeeting Application मार्फत शैक्षिक अन्तरक्रिया गरेको थियो ।

This image has an empty alt attribute; its file name is vdo-1004x1024.jpg


कार्यक्रममा नोवेल कोरोना भाईरस बाट आफु कसरी सुरक्षितहुने र अरुलाई कसरि सुरुक्षित राख्ने , यस्तो विषम परिस्थितीमा शिक्षकप्रति सकारात्मक भाव पैदाहुने खालका कार्यक्रम कसरी सन्चालन गर्ने विषयमा कार्यक्रममा उपस्थित सहभागिहरुले भनाई राख्नु भएको थियो ।
४०—४० मिनेटको ३ खण्ड गरि जम्मा १२० मिनेटको सन्चालन भएको कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का अध्यक्ष पुर्ण प्रसाद गौतमले नेपालको शैक्षिक तथा पेशागत ईतिहासमा नेपाल शिक्षक संघले खेलेको भुमिका,नेपाल शिक्षक युनियन र महासंघको स्थापना प्रकृयामा खेलेको भुमिका,नेपाल शिक्षक संघले पालना गर्नुपर्ने न्युनतम आचारसंहिता ,शैक्षिक क्षेत्रमा लिनुपर्ने पवाफदेहिता लगायतका विषयमा प्रष्टपानु भएको थियो ।
त्यसैगरी नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का वरिष्ठ उपाध्यक्ष तिलक सिंह पाण्डे उपस्थित रहेको कार्यक्रममा नेपाल शिक्षक महासंघ झपाका पुर्व अध्यक्ष तेज प्रसाद चौलागाईं शिक्षणमा प्रविधि तथा घरघरमा विध्यालय कार्यक्रमको परिचय औचित्य र विधी र ईच्छाशक्तिको निर्माणगरि सकारात्मक सोचको विकासगरी कार्यन्वयन कसरी गर्ने भन्ने बारेमा प्रस्ट पार्नु भएको थियो । साथै शिक्षणमा ईन्टरनेट नभएका ठाउमा मोवाईलमा एसएमएसको प्रयोग गर्न सकिने कुरामा जोडदिनुभएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ शिवशताक्षी नगर अध्यक्ष विष्णु सुव्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत मन्तव्य संघका जिल्ला सह सचिव तथा कार्यक्रम आयोजक कुमार खतिवडाले राख्नु भएको थियो । नगर सचिव गोविन्द काफ्लेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker