कमल गाउँपालिकाले स्थापना गरेको कोभिड १९ कोषमा कारितास र साहारा नेपालको आर्थिक सहयोग ।

उमानाथ भण्डारी

No posts found.

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष मा मंगलवार समेत सहयोग प्राप्त भएको छ ।
यसरी सहयोग प्रदान गर्नेमा कारितास नेपाल दमक शाखाले १ लाख रुपैयाको चेक एक औपचारीक कार्यक्रमका विच कारितास नेपाल दमक शाखाका प्रमुख देबेन्द्र पोख्रेलले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नु भएको हो ।

This image has an empty alt attribute; its file name is dc-1024x472.jpg
साहारा नेपाल साकोष


यो सैग कमल गाउँपालिकाको राहात कोषमा ३० लाख भन्दा वढी रकम जम्मा भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
त्यसैगरि कारितास नेपालले शिवशताक्षी नगरपालिकामा समेत आजै ८३ हजार रुपैयाको चेक नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मालाई प्रदान गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is ko-1024x472.jpg
शिवशताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा


नगरपालिकाले विपद् व्यवस्थापन कोषमा जम्माहुनेगरी जनप्रतिनिधीको १ महिनाको सेवासुविधा र ११ वटा वडा बाट एक एक लाख रुपैया २५ लाख रुपैया भन्दा वढी पहिलेने विपद् व्यवस्थापन कोषमा जम्मा गरिसकेको र अन्य संघ सस्था व्याक्ति बाट जम्मा हुनेक्रम जारि रहेको शिवशताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले बताउनु भयो ।
कारितास नेपालले नगरपालिका र गाउँपालिका लाई सहयोग गरेदेखी बाएक ६ लाख मुल्य बराबरको खाद्यन्न झापा र मोरङ्गमा रहेका भुटानी शरणार्थी शिविरका शरणार्थी लाई खाध्यान्न वितरण गरिएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेलले जनाकारी दिनुभयो ।
त्यसैगरी साहारा नेपाल साकोषले समेत आजै एक कार्यक्रमका विच कमल गाउँपालिकालाई ६१ हजार रुपैयाको चेक सस्थाका सन्चालक समिती सदस्य शिव कुमार भट्टराईले गाउँपालिका अध्यक्ष काफ्लेलाई प्रदान गर्नु भएको थियो ।
सस्थाले झापा जिल्लाका नगरपालिकालाई १ लाख १० हजार र गाउँपालिका लाई ६१ हजार रुपैया राहात कोषमा जम्मा हुनेगरी प्रदान गरिएको सस्थाका केर्खा शाखा प्रमुख खगेन्द्र सिवाकोटीले जानकारी दिनुभयो ।
६ जिल्लामा कार्यक्षेत्र रहेको सस्थाले लकडाउनका वेला समस्यामा परेका आफ्ना सदस्यलाई ५ हजार रुपैया विना व्याज उपलब्ध गराएको सस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker