लखनपुर खानेपानी विस्तारकालागी कमल गाउँपालिकाले १ करोड ४ लाख भन्दा बढी रकम उपलब्ध गराएको छ ।

कमल । लखनपुर खानेपानी तथा उपभोक्ता समितीले उपभोक्तालाई दुई महिनाको खानेपानी महशुलमा आधा रकम छुट दिइने भएको छ ।
नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागी सरकारले गरेको लकडाउनमा उपभोक्तालाई आर्थिक समस्या भएको महसुस गरी २०७६ साल चैत र २०७७ वैशाख महिनाको पानीको न्यूनतम महशुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको समितीकी अध्यक्ष तथा खानेपानि सरसफाई उपभोक्ता महासंघ झापाकी उपाध्यक्ष उषा भण्डारीले जानकारी दिनुभयो ।
लखनपुर खानेपानी सस्थामा हाल २ हजार एकसय सदस्य छन् । उपभोक्ताले ८ हजार लिटर पानि प्रयोग गरे वापत मासिक न्युनतम महशुल १ सय १० रुपैया तिर्दै आएकोमा अव २ महिना सो रकमको आधामात्र महशुल तिरे हुने समितीले जनाएको छ ।
खानेपनी सस्थाको पाईपलाईन विस्तरमा ९८ लाख ४५ हजार र कार्यलय व्यवस्थापनकालागी ६ लाख गरी जम्मा १ करोड ४ लाख ४५ हजार रुपैया कमल गाउँपालिकाले उपलब्ध गराएको थियो । प्राप्त रकम बाट सस्थाले पाईपलाईन विस्तर र कार्यलय व्यवस्थापनको ३५ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।
झापा जिल्लामा स्थानिय तहले खानेपानि सस्थाकालागी एतिठुलो रकम विनियोजन गरेको यो पहिलो आयोजना भएको समेत अध्यक्ष भण्डारीले बताउनुभयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker