पुर्व नेपाल सहकारीले ४ लाख मुल्य बराबरको स्वस्थ्य सामाग्री वितरण

कमल । कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषू मा आज (मंगलवार) पनि नगद र जिन्सि सामन प्राप्त भएको छ
पुर्व नेपाल वशुउद्देश्यीय सहकारी सस्थाले झापा जिल्लाका ८ वटा गाउँपालिका लाई करिव ४ लाख रुपैया मुल्य बरावरको स्वस्थ्य सामाग्री वितरण गरेको छ

This image has an empty alt attribute; its file name is aa.jpg
एन प्याब्सन कमल गाउँपालिका


वितरण गरेको सामाग्रीमा व्याक्तिगत सुरक्षा सामाग्री (पिपिई) ८५ थान माक्स ४०० थान र ग्लोव ८०० थान वितरण गरेको सस्थाका अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is ty-1024x472.jpg
कमल गाउँपलिका
समावेशि महिला सशक्तिकरण केन्द्र


कोषमा नगद बुझाउनेमा एन प्याब्सन कमल गाउँपालिकाले ५५ हजार रुपैयाको चेक एन प्याब्सन प्रदेश नम्वर १ का सचिव तथा वन्डरल्याण्ड बोडिङ्ग स्कुलका फाउण्डर अग्नि प्रसाद कोईराला मार्फत कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई बुझाउनु भएको हो । कमल गाउँपलिकामा हाल ५ वाटा विद्यालय एन प्याब्सनमा आवद्ध रहेका छन् ।
त्यसैगरी समावेशि महिला सशक्तिकरण केन्द्रले गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १० हजार रुपैयाको चेक सस्थाका अध्यक्ष गौरा चापागाईले गाउँपालिका अध्यक्ष काफ्लेलाई बुझाउनु भएको हो ।
कोषमा गाउँपालिकाका तर्फ बाट छेट्याएको १० लाख सहित यो सामचार तयारपारुन्जेल सम्ममा २८ लाख १८ हजार ९१२ रुपैया जम्मा भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासले जानकारी दिनुभयो ।

Show More

One Comment

  1. अनि त्यति सामाग्रीको चार लाख कसरी हुन्छ ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker