कोभिड १९ को रोगथाम र नियन्त्रणको एक मात्र उपाय सरकारले गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्नु ।

उमानाथ भण्डारी

कमल । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको एक मात्र उपाय भनेको सरकारले गरेको लकडाउनलाई पुर्णरुपमा पालना गर्नुको विकल्प नभएको सरोकारवालले बताउनुभएको छ ।
सो कुरा नेपाल सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल बैशाख ३ गते सम्म पुर्याएपछि त्यसलाई पुर्णरुपमा कसरि कार्यन्वयन गर्ने सकिन्छ तथा कलडाउका समयमा वितरण गरेको राहातलाई आगामिदिनमा अझ प्रभावकारी रुपमा वितरण गर्न के गर्नुपर्ला भनेर आज(मंगलवार) कमल गाउँपालिकाले आयोजान गरेको सर्वपक्षिय मिटिङ्गमा उपस्थित सरोकारवालाले सो कुरा बताउनु भएको हो ।
विश्व व्यापिरुपमा फैलिएको कोरोना भाईरसको रोगथाम भनेको संक्रमित व्याक्ति बाट थप संक्रमण नफैलियोस भनेर सरकारले लकडाउन गरेको हो यसलाई सबै जनताले घर भित्र बसेर कार्यन्वयन गर्नुपर्ने हुन्छ भने स्थानिय तहका सबै जनप्रतिधि तोल विकास सस्थाका प्रतिनिधी, सुरक्षा निकाय समेत लाग्नु पर्ने हुन्छ यसका साथै राहात वितरणका लागी सुरुमै राहात पाउने व्याक्तिको वास्तविक तथ्याङ्क लिएर वितरण गर्दामात्र प्रभावकारीहुने ईलाका प्रशासन कार्यलय दमकका प्रमुख कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is ty90-1024x472.jpg


लकडाउन र राहात वितरणलाई प्रभावकारी कार्यन्वयन गर्न गाउँकार्यपालिकाले प्रत्येक वडाका जनप्रतिनिधी लाई परिचालन गर्नु का साथै स्थानिय दलका प्रतिनिधी र टोल बिकास सस्थाका प्रतिनिधीलाई साथमा दिएर हिड्नेको भने राहात वितरण र लकडाउनलाई प्रभावकारी बनाउन सकिने नेपालि काग्रेस कमल गाउँसभापति खगेन भण्डारीले बताउनुभयो
आजको सर्वपक्षिय बैठकमा हालसम्म गाउँपालिकाले गरेका विभिन्न विषयका बारेमा जानकारी गराउदै लकडाउन लम्विएकोले भोलिको दिनमा राहात वितरण गर्दा यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ र कोरोना भाईरस बाट संक्रमण हुन नदिनका लागी के गर्न सकिन्छ भनेर छलफल भएको र छलफलमा उपस्थित सहभागीबाट आएको सुझालाई गाउँपालिकाले आगामि दिनमा कार्यन्वयन गर्दै जाने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
राहात वितरणकालागी गाउँपालिकाले तयार पारेको कार्य विधीमा केही कमि कमजोरी भएकोले त्यसलाई परिवर्तन गरी राहात वितरणमा अति लचिलो हुनुपर्ने संधिय लोकतान्त्रिक राष्ट्रिय मन्चका कमल गाउँसमिती अध्यक्ष सुर्य प्रसाद लिम्बुले बताउनुभयो ।
राजमार्ग र सडक मुख्य सडकमा लकडाउनको प्रभाव परेपनि भित्रि बजार र गल्लिमा जम्मा भई तास , फुटवल ,भलिवल, केरेवोर्ड खेल्ने गरेकोले त्यसलाई बन्दगर्नु पर्ने राप्रपा कमल गाउससमिती अध्यक्ष विष्णु प्रसाद पौडेले बताउनुभयो ।
बैठकमा नेकपा कमल गाउँकमिटी अध्यक्ष भिम प्रसाद राई, समाज बादी पाटिका अध्यक्ष प्रेमकुमार कुलुङ्ग लगायतको उपस्थिती रहेको थियो ।
वैठकमा लकडाउन सुरुभएपछि अहिले सम्म गाउँपालिकाले गरेका सम्पुर्ण गति विधीका बारेमा उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी गराउनु भएको थियो भने सातै जना वडा अध्यक्षले आ आफ्नो वडामा भए गरेका कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष”मा कमल गाउँपलिकाले छुट्याएको १० लाख बाहेक यो समाचार तयार पार्दासम्म जनप्रतिनिधी बाट ४ लाख १६ हजार,कर्मचारी (स्वस्थ्य र सरसफाई) बाहेक १ लाख ५२ हजार ७ सय ७२ रुपैया ,निजि तथा आवशिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) र अन्य निजि विध्यालय बाट १ लाख ६० हजार ५ सय, एन प्याव्सन बाट ५५ हजार, समाुदायिक विध्यालय ३ लाख ५१ हजार ९सय, सहकारी सस्था बाट ३ लाख ३६ हजार २ सय ५५, संघसस्था बाट २ लाख ६९ हजार ७ सय ११, विभिन्न व्याक्ति वाट ७६ हजार ७ सय ७० रुपैया गरी जम्मा २८ लाख १८ हजार ९ सय १२ रुपैया कोषमा प्राप्त भएको छ भने प्रथम चरणको राहात वितरण र क्वारेन्टाईन व्यवस्थापन मा १७ लाख ६० हजार ८ सय १५ रुपैया खर्च भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले सर्वपक्षिय भेलामा जानकारी गराउनु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker