कमल गाउँपालिका बाट थप १ जना आस्युलेसनमा

कमल । विश्व व्यापिरुपमा माहामारीका रुपमा फैलिदै गरेकोे कोराना भाईरसा (कोभिड १९)को जोखिम संभावना भएकोले झापाको कमल गाउँपालिका बाट आज थप १ जनालाई भद्रपुर स्थित मेचि अन्चल अस्पतालको आस्युलेसनमा पठाईएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित अधिकारी टोलका एकै परिवारका ४ जना सदस्यलाई ज्वरो आउने खोकिलाग्ने जस्ता समस्या भएको र ति मध्ये १ जना गत चैत ७ गते मलेसिया बाट आउनु भएकोले वाहाँलाई आस्युलेसनमा पठाएको र बाँकि परिवार लाई जनप्रतिनिधी र चिकित्सकको निगरानिमा घरमै क्वारेन्टाईनमा राखिएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले बताउनुभयो ।
त्यसैगरी गत चैत १९ गते गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक परिवारमा समेत कोरोना सग मिल्दोजुल्दो लक्षण भेटिएकोले १ जनालाई आस्युलेसनमा र १ जनालाई गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा राखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker