कमल गाउँपालिका बाट १ जना आस्युलेसनमा १ जना क्वारेन्टाईनमा र ४ जना होम क्वारेन्टाईनमा

कमल । विश्व व्यापिरुपमा माहामारीका रुपमा फैलिदै गरेकोे कोराना भाईरसा (कोभिड १९)को जोखिम संभावना भएकोले झापाको कमल गाउँपालिका बाट १ जना लाई भद्रपुर स्थित मेचि अन्चल अस्पतालको आस्युलेसनमा पठाईएको छ ।
गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक परिवारमा कोरोना सग मिल्दोजुल्दो लक्षण भेटिएपछि आस्युलेसनमा पठाईएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
विदेश बाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका ति व्याक्तिको घरमा पुगेर स्वस्थ्य परिक्षण गर्ने क्रममा उनलाई ज्वरो आउने खोकिलाग्ने जस्तासमस्या देखिएको र शंकालागेर उनका बुबाको समेत स्वस्थ्य परिक्षण गर्दा दुबै जनालाई एउटै लक्षण फेला परेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले बताउनु भयो ।
आस्युलेसनमा पठाईएका दुवै जना मध्ये चैत ९ गते पटना बाट आएका कारण एक जनालाई आस्युलेसनमा राखिएको छ भने उनका बुबालाई कमल गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा फिर्ता पठाईएको छ ।
त्यसैगरी गाउँपालिकाको वडा नम्बर २ स्थित अधिकारी टोलमा समेत एक परिवारका ४ जना सदस्यलाई ज्वरो आउने खोकिलाग्ने जस्तासमस्या भएकोले कडाईका साथ होम क्वारेन्टाईनमा राखिएको प्रमुख थुलुङ्गले बताउनुभयो ।
सरकारकाले गरेको लकडाउनका कारण सेल्फ क्वारेन्टाईनमा बसेका ७२ जना नागरिकको घरघरमा पुगेर स्वस्थ्य परिक्षण गरिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker