कमल गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नेको धुईरो

कमल । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न संघ सस्था तथा व्याक्ति बाट धमाधम सहयोग प्राप्त भैरहेको छ ।

This image has an empty alt attribute; its file name is uu-1024x472.jpg
उद्यमशिल महिला जागरण केन्द्र
सिम्रीक सहकारी सस्था बिर्तामोड


गाउँपालिकाले स्थापना गरेको कोषमा विहिवार मात्र कर्णालि बचत तथा ऋण सहकारी सस्था शाखा कमल गाउपालिकामाका संयोजक गौरिमान फागोले ५० हजार रुपैयाको चेक गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नु भएको थियो ।त्यसैगरी सिम्रीक सहकारी सस्था बिर्तामोड बाट सस्थाका अध्यक्ष कमल बहादुर बस्नेत,सचिव सुवास भट्टराई सहितको टोलीले ५० हजार रुपैयाको चेक गाउँपालिका अध्यक्ष काफ्लेलाई हस्तन्तरण गर्नु भएको थियो ।

This image has an empty alt attribute; its file name is ghu-1024x472.jpg
नेकपा ३ नम्बर वडा कमिटी


हस्तन्तरण कार्यक्रममा नेकपा ३ नम्बर वडाका संयोजक छत्र फागोले १५ हजार मेचु युनेस्को क्लवका अध्यक्ष भिमचन्द्र न्योपानेले १५ हजार तथा उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालले १० हजार रुपैयाको चेक गाउँपािलका अध्यक्ष काफ्लेलाई प्रदानगर्नु भएको थियो । ।

This image has an empty alt attribute; its file name is we-1024x472.jpg
मेचु युनेस्को क्लव


यो सहित गाउँपालिकाको तर्फ बाट विपत व्यवस्थापना छुट्याएको १० लाख सहित कोषमा १६ लाख ५० हजार रुपैया जम्म भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
गाउँपालिकाले स्थापना गरेको कोषमा देश विदेशमा रहनुहुने सम्पुर्ण मानुभावलाई यो विपद्को वेला सहयोग गर्न काफ्लेले अनुरोध गर्नु भएको छ । सहयोग गर्न चाहने महानुभावहरुले एनएमबि बैङ केर्खा शाखाको खाता नम्बर ०६४००५८१९६४०००८१ मा रकम गम्मा गर्नसकिने समेत काफ्लेले अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker