झापाका निजि अस्पताल ,क्यारेन्टाईन तथा बजार अनुगमनमा तिव्रता

कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी गरिएको लकडाउनका बारेमा के कस्तो भैरहेको छ भनेर आज झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा जिल्लाका विभिन्न बजार तथा क्वारेन्टाईनको अनुगमन गरेको छ ।
अनुगमनका क्रमममा गाउँ तथा नगरपालिकाले तयार पारेका क्वारेन्टाईन अवस्था बजारमा उपभोग्य बस्तुको आपुर्ति, नगरिकले स्वस्थ्यसेवा पाए नपाएको लगायतका बारेमा अनुगमन गरिएको जनाएको छ ।
अनुगमनका क्रममा सुरक्षित ढंगले सन्चालन नभएका निजिअस्पताल लाई सुरक्षित ढंगले सन्चालन गर्न निर्देशन गरिएको छ । त्यसैगरी हरेक झापा बासिले स्वस्थ्यको पहुच पाउनु पर्ने भएकोले २४ घण्टा अस्पताल खुला हुनुपर्छ भनेर हामि लागी गरेका छौ । झापामा खाध्यन्नको कुनै पनि समस्या नआएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनु भयो
झापाका विभिन्न क्वारेन्टाईनमा गरी महिला १७६ पुरुष ६९४ जना रहेको र वहाँहरु सबै सकुसल रहेको जिल्ला जनस्वस्थ्य कार्यलय झापका फोकल पर्सन जिवन चौलागाईले बताउनुभयो ।
अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यलय झापाका प्रमुख छविलाल खतिवडा, नापतौल तथा गुरस्तर विभाग झापाका प्रमुख कमल ओझा संचारकर्मि लगायतको टोली रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker