सामाजिक कार्यमा बराल

कमल । झापाको कमल गाउँपालिका ३ निवासि एक व्याक्तिले मजदुरलाई चामल वितरण गर्ने हुनुभएको छ ।
कोरोना भाईरस (कोभिड १९ ) लाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको आज चौथोदिन सम्म आईपुग्दा दैनिक ज्यालादारी गरेर छाकटार्न समस्यामा परेका मजदुरलाई स्थानिय रामचन्द्र बरालले चामल वितरण गर्ने हुनुभएको हो ।
दैनिक ज्यालादारी गर्ने र घरमा खाना खानकालागी अन्न नभएका कमल गाउँपालिका वडा नम्वर ३ मा स्थाई बसोवास गर्ने नेपालि नगरिकलाई मात्र चामल वितरण गरिने बरालले जानकारी दिनुभयो ।
बरालको यो सामाजिक कार्यमा यदि कसैले सहयोग गर्न चाहेमा मोवाईल नम्वर ९८५२६७०२६१ सम्पर्क गरि सहयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker