महाशिवरात्रीको अवसरमा मन्दिर परिसरमा वृक्षारोपण

कमल । महाशिवरात्रीको अवसरमा आज झापाको कमल गाउापालीका ३ सानोकेर्खा स्थित किराँतेश्वर शिवपञ्चायन मन्दिरमा पुजा आरधना गर्नुको साथै वृक्षारोपण गरिएको छ ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कुमार खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरमा पुजा आरधना गर्नुका साथै मन्दिर परिसरमा प्रमुख अतिथी नम्वर २१ वाहिनीका

No posts found.
This image has an empty alt attribute; its file name is ert-1-1024x472.jpg

वाहिनीपति आश बहादुर तामाङ्ग र विषेश अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले सहितको टोलीले मन्दिरमा पुजा आरधना गर्नुका साथै मन्दिर परिसरमा वृक्षारोपण गरेका थिए ।


वृक्षारोपण पछि आफ्नो मन्तव्यका क्रममा मन्दिर निर्माण देखि वृक्षारोपण सम्म सेनाले सहयोग गरेकोमा धन्यवाद दिदै नेपाली सेना र जनता नङ्ग र मासुको सम्बन्ध भएको बताईन् ।
त्यसैगरी समाजसेबी राजन ढुङ्गानाले हिन्दु धर्मालम्विले मात्र मनाउने शिवरात्रि पर्वको प्रशंसा गर्दै यस पर्वलाई किराँत धर्मालम्विहरुले समेत मनाउने गरेको बताए ।
कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नर प्रसाद दंगालले एउना सानु रुखको फेदवाट सुरुगरिएको मन्दिर आज सम्म आईपुग्दा यसले सफलता प्राप्त गरेकोमा मन्दिर व्यवस्थापन समितीलाई धन्यवाद दिनै भोलिको दिनमा वडाले थप सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा मन्दिर निर्माणमा सबै भन्दा धेरै सहयोग गरेको भन्दै चन्दा दाता ईश्वर कार्कि तथा श्रीमती गम्भिरा कार्कि तथा मन्दिरमा यज्ञ कुण्ड मनाईनिदे जुद्घ भण्डारी लाई मन्दिर व्यवस्थापन समितीले सम्मान समेत गरेको थियो ।
सेनाले सेना दिवशको अवसरमा मन्दिर परिसरमा दुईदिन सम्म स्वस्थ्य शिवर सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker