सेना दिवशको अवसरमा संचालित निशुल्क स्वस्थ्य शिविर सम्पन्न

कमल । कमल गाँँउपालिकाका ३ सानो केर्खामा सन्चालित २ दिने निशुल्क स्वस्थ्य शिविर विहिवार सम्पन्न भएको छ ।
सेना दिवसको अवसरमा श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेक र श्री नयाँ श्रीनाथ गण चारआली व्यारेको आयोजनामा सन्चालित शिविरको पहिलो दिन १ सय ५६ जनाको निशुल्क स्वस्थ्य परिक्षण गरिएको श्री नम्वर २१ वाहिनी अड्डाका वाहिनीपती आश बहादुर तामाङ्गले जनाकारी दिए ।


त्यसैगरी दोश्रो दिनको शिविरमा दुर्गादेवि सामुदायिक केन्द्र, श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेकको आयोजना र किराँतेश्वर शिवपन्चायन मन्दिरको व्यवस्थापन र मेचि आँखा अस्पताल शैनिकमोड ,भद्रपुर रोडको प्रविधिक सहयोगमा सम्पन्न निशुल्क आँखा तथा स्वस्थ्य परिक्षण गरिएको थियो ।

This image has an empty alt attribute; its file name is df-1024x472.jpg


शिविरमा २ सय ४० जनाले आँखा परिक्षण गराएका थिए । जसमा ७ जना को मोतिविन्दुभएका कारण थप उपचराका लागी मेचि आँखा अस्पताल पठाएको छ भने ४७ जनाको स्वस्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । शिविरमा आवश्यक पर्ने औषधी स्वस्थ्य कार्यलय भद्रपुरले उपलब्ध गरराएको स्वस्थ्य कार्यलय झापाको फोकलन पर्सन जिवन चौलागाईले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker