१२औं राष्ट्रपति रनिङ शिल्डको कमला मदन आश्रितले जितेको छ ।

कमल । कमल गाउँपालिका स्तरीय सम्पन्न १२औं राष्ट्रपति रनिङ शिल्ड श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयले जितेको छ ।
कमल गाउँपालिका वडा नम्वर ५ स्थित आदिवाशी रङ्गशालामा सम्पन्न भएको प्रतियोगितामा ५ स्वर्ण र १ रजत पदक सहित रनिङ शिल्ड जितेको हो ।

No posts found.
This image has an empty alt attribute; its file name is 3-1024x472.jpg


त्यसैगरी महेन्द्र रत्न माध्यमिक विध्यालयले ५ स्वर्ण प्राप्तगरि प्रतियोगितामा द्वतिय भएको छ । निहारिका अग्रेजि ईङ्गलिस वोडिङ्ग स्कुलले ४ स्वर्ण ६ रजत र ७ कास्य प्राप्तगरि तृतिय स्थान प्राप्त गर्न सफल भएको छ भने शहिद धर्मभक्त माध्यमिक विध्यालयले ४ स्वर्ण ४ रजत र ६ कास्य पदक प्राप्त गरि प्रतियोतिथामा चौथो स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 7uo-1024x472.jpg


पदक विजेता विध्यालय र खेलाडिलाई कमल गाउँपालिकाका प्रमुख प्राशसकिय अधिकृत सुवास श्रेष्ठ र समाजसेवि राजन ढुङ्गानाले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

This image has an empty alt attribute; its file name is uio-1024x472.jpg


प्रमाण र पदक वितरण पछि बोल्दै अधिकृत श्रेष्ठले पदक विजेता विध्यार्थि र विध्यालयलाई उत्तोरोत्तर प्रगतिका साथै बधाई दिनुभएको थियो भने प्रतियोगितामा सहभागी सम्पुर्ण विध्यार्थि र विध्यालयलाई आगामी दिनमा उत्कृष्ट सफलताको शुभकमना दिनुभएको थियो ।

This image has an empty alt attribute; its file name is xdr-1024x472.jpg


प्रतियोगिताको वेष्ट प्लेयरमा छात्रतर्फको भलिवलमा निहारिका अग्रेजि ईङ्गलिस वोडिङ्ग स्कुलकी सुजा साम्सुहाङ्ग र फुटवलतर्फ वण्डरल्याण्ड वोडिङ्ग स्कुलकी शोभा बुढाथोकी भएका थिए ।
प्रतियोगितामा सामुदायिक तर्फका १० वटा र सस्थागत तर्फका १० वटा गरि जम्मा २० वटा विद्यालय सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker