जंङ्गली हात्तिको उपद्राकोे कारण स्थानिय हैरान

कमल । जंङ्गली हात्तिको उपद्रो कारण अहिले कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खाका स्थानिय हैरान भएका छन् ।
२० दिन देखि लगातार रुपमा जंङ्गली हात्तिले गाउँपसेर घर भत्तकाउने धान खाने , फलफुल खाने गर्नाले स्थानिय वासि हैरान भएका हुन् ।
यसरी हात्ति गाउ पस्न थाले पछि स्थानिय वासिको निद्रा र भोक हराएको छ । हात्ति भगाउनका लागी गाउँपालिका सग पटका, सडक वत्ति र साईर मागे पनि अहिले सम्म उपलब्ध नभएको स्थानिय भिम चापागाई बताउछन् ।
हात्तिले घर भत्काएर धान खानुका साथै घरभित्र रहेका दराज, टिभी, फ्रिजमा समेत क्षति पुर्याको अर्का स्थानिय सिता भण्डारी बताउछिन् ।
यसरी हात्ति गाउँपसरे स्थानिय लाई दुःख दिन थालेको दुई हप्तासम्म वितीसकेको छ । हात्तिले स्थानिय कर्ण वहादुर वोहोरा , हिमाल भण्डारी,भिम चापागाई र हर्क वहादु वि.क को घरमा क्षति पुर्याएको छ ।
यसरी हात्तिले गाउँपसेर वितण्ड मच्चाउन थालेको दुई हप्ता विति सक्ता पनि गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानियले दुःख व्याक्त गरेका छन् ।
हात्तिका कारण के कति क्षति भयो लागत संकलगर्ने काम भैरहेको छ अब २ तिन दिन भित्रनै वाहाँहरुलाई राहात उपलब्ध गराईने कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिए ।
हात्ति गाउँपसेर उपद्रो मच्चाउन थाले देखी नै स्थानिय त्रसित भएका छन् । स्थानियले वर्षभरि खानका लागी जोहो गरेको अन्नपात हात्तिले खाईदिएपछि अव के गर्ने भन्ने चिन्ता छ छदैछ त्यो सगै बस्ने घर समेत भत्काएपछि बसैनै जनुपर्ने अवस्था आएको स्थानिय बताउछन् ।
हात्तिका कारण पिडीत बनेका परिवारलाई दुईचार हजार राहात दिनु भन्दा पनि दिर्घकालिन उपाय अपनाएर हात्तिलाई गाउँ नपस्ने गरी व्यवस्था मिलाउन सके राम्रो हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker