सताक्षी गोल्डकपको तयारी पुरा

कमल । आगामी फागुन ३ गतेदेखि हुने भनिएको तेश्रो संस्करणको ‘सताक्षी गोल्डकप २०७६’ एक दिन पछि धकेलिएको छ ।
एन्फाले जारी लिगको कारण देखाउँदै फागुन ४ गतेबाट सुरु गर्न आयोजकलाई भनेको छ । फागुन ३ गते लिगको अन्तिम खेल हुँदैछ । आयोजकले वुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

झापा झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता अब फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । भारतको एकसहित आठवटा टिम सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

आयोजकले खेल मैदान सम्याउने र जस्ताको घेराबारा लगाउने काम सम्पन्न गरेको छ । अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको आयोजकले दावि गरेको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको हो ।

This image has an empty alt attribute; its file name is 85159994_2510500775867839_8079845412430675968_n.jpg

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही ११ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्ज्लििङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

This image has an empty alt attribute; its file name is 86292603_2510500805867836_2945539630168014848_o.jpg

शिवसताक्षी नगरपालिकाको सम्योजनमा हुने तेश्रो संस्करणको प्रतियोगिताका लागि नगरपालिकाले १० लाख प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले वोर्ड वैठकबाट वहुमतले निर्णय गर्दे सताक्षीगोल्डकपका लागि १० लाख भुक्तानी दिने निर्णय भएको वताए ।

प्रतियोगितामा झापा ११ समावेस नभएको विषयमा सामाजिक संञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । आयोजकले झापा ११ टिमका पहिलो रोजाईका खेलाडी ए डिभिजनका टिममा अनुवन्ध भएकाले उनै खेडाली तेश्रो संस्करणको प्रतियोगितामा अन्य टिमबाट खेल्ने समितिका उपाध्यक्ष तामाङ्गले वताए । झापा ११ प्रतिष्ठीत टिम भएपनी पहिलो रोजाईका अधिकाँस खेलाडी काठमाण्डौका ए डिभिजनका टिममा समावेस भएको उनले वताए ।

दमक र सुरुङ्गामा हुने गोल्डकपले केहि वर्ष देखी निरन्तरता नपाईरहेका वेला आम दर्सकले सताक्षी गोल्डकपलाई अर्थपुर्ण ढँगले मुल्याँकन गर्न थालेका छन । स्थानीय एक पुर्वखेलाडीले भने,‘ माईपश्चिम झापाका दर्सकका लागि सताक्षी गोल्डकप ले छुट्टै इतिहास कायम राखेको छ ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker