मन्त्री कार्कि द्वारा ईनार अवलोकन
कमल । झापाको कमल गाउँपालिका ३ स्थित रतुवामाई वृक्षारोपण आयोजना भित्र फेलापरेको पुरानो ईनारको १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्किले शुक्रवार साँझ अवलोकन गरेका थिए ।
समान्यतया हामिले हेर्दा ईनार दुईचरसय वर्ष पुराना लाग्छ यस विषयमा झापा प्रमुख जिल्ला अधिकारी सग कुरागरि सकेको छु र पुरातत्वविभाग केन्द्रिय कार्यलय संग कुरा गरेर यसको वास्तविकता पत्तालगाउने र यस्ता ऐतिहासिक महत्व बोकेका ठाउँहरुको संरक्षण र प्रवद्र्धनगर्ने मन्त्रीकाले बताए ।

आयोजना भित्र फेलापरेको ईनार माटाको डवल रिङ्ग प्रयोग गरेर बनाईएको छ । ईनार जमिन बाट करिवा १० फुट गहिराईमा फेला परेको छ ।
आयोजना भित्र बाख्रा चराउने क्रममा स्थिानिय गतहप्ता स्थानिय सोमनाल चापागाईले गतहप्ता ईनर फेला पारेका थिए ।
ईनार कतिवर्ष पुरानो हो भनेर अनुसन्धानगर्न पुरातत्वविभागमा र पर्यटन मन्त्रालयमा पत्र पठाई सकेको र यस्ता ऐतिहासिक महत्व बोकेका ठाउँहरुको संरक्षणगर्न गाउपालीका लागीपरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले बताईन् ।
हालको रतुवामाई वृक्षारोपण आयोजनामा भएको स्थानमा पहले घना जंगल थियो २०१९ साल देखी फाट्टफुट्ट बस्ति बस्न सुरुगरेको भएपनि २०३५मा याहाँ बस्ति खालि गराएर हालको रतुवाई वृक्षारोपण आयोजना स्थापना गरिएकोे ले पनि यो ईनार मानवस्ति भन्दा पहिलेकै हुनुपर्ने स्थानियको भनाई छ ।
फेलापरेको ईनार भन्दा करिव करिव दुई किलोमिटर पुर्व प्राचिन वालमिकी आश्रम तथा सिमसार क्षेत्र रहेकोले यो ईनार पुरानोहुन सक्ने प्राचिन वालमिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षणसमितीका सचिव मधुसुधन अधिकारी बताउछन् ।