नगरपालिकाले सहयोग गरेपछि कृषि पेशाप्रति कृषकको आकर्षण बढ्दो

कमल । झापा जिल्लाको मध्यमागमा अवस्थित विर्तामोड नगरपालिका प्रमुख व्यापारीक केन्द्रका रुपमा तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख भै रहेको छ ।
विर्तामोड नगरपालिकामा १ लाख ४७ हजार जनसंख्या रहेको छ । यतिधेरै जनसख्या रहेको नगरले दैनिक लाखौं मुल्य वरावरको तरकारी खपत गर्दछन् । त्यो पनि विषादियुक्त ।
तरकारि खरिदमा दैनिक लाखौ रुपैया वाहिर गएकोले त्यसलाई न्युनिकरण गर्दै स्थानिय कृषकलाई तरकारी वालिमा प्रोत्साहन गर्दै आफ्ना नगरवारिलाई विषदी रहित ताजा तरकारि उपलब्ध गराउन नगरपालिका लागिपरेको छ ।

This image has an empty alt attribute; its file name is w-1024x472.jpg


कृषि पेशामा आत्मनिर्भर बनाउन नगरपालिकाले विषेश कार्यक्रम सञ्चालन गरेपछि नगर क्षेत्रका कृषक अहिले कृषि कर्मप्रति आकर्षित भएका छन् । नगरको आर्थिक सहयोगमा च्याउखेति सञ्चालन गरिरहेका वडा नम्वर ४ मा भक्ति प्रसाद तिवारी (विदुर)ले च्याउ खेति बाट मनग्गे आम्दानी गर्ने गरेको बताउछन् ।
२०७१ सालबाट कृषि पेशामा लागेका तिवारीले च्याउवाट वार्षिक ८ लाख रुपैया आम्दानी गरेको बताउछन् । उनका अनुसार अझैपनि विर्तामोडमा च्याउको माग अनुसार आफुले पुर्याउन नसकेको बताउछन् ।

This image has an empty alt attribute; its file name is qa-1024x472.jpg


नगरले मेयर पकेट कार्यक्रम अन्तर्गत सहयोग गरेपछि कृषकले विभिन्न ५ वटा वालि ९८ विघामा लगाएका छन् जस अन्तर्गत आलु, तोरी, फापर, सुर्यमुखी र राजमा सामुहिक रुपमा खेति गरेका छन् । वडा नं ७ स्थित हाम्रो कृषक समुहले ५ विघा जमिनमा ९३ मन आलु रोपेको र सो वाट प्रति कट्टा १५ मन सम्म आफु उत्पादन हुने कृषक प्रदिप खनाल बताउछन् ।
मेयर विषदी मुक्त कार्यक्रम अन्तर्गत गत वर्ष ५० जना र यो वर्ष ६५ जना कृषकलाई छनौटगरी विषदीरहित तरकारी उत्पादन सम्बन्धि तालिम प्रदानगरेपछि कार्यक्रममा सहभागी बनेका होमप्रसाद घिमिरेले तालिम लिएर आफुले धनिया , टमाटर, रायो, बन्दाकोभी विक्रि गर्ने गरेको र दैनिक एक हजार रुपैया आम्दानी गर्ने गरेको बताए ।
नगरले एक समुह एक उत्पादनलाई प्राथमिकता दिएपछि कृषिकर्म प्रति कृषक आकर्षित हुनथालेका छन् । कृषिका लागी आवश्यक पर्ने सिचाइकालागी नगरले सानासिचाई कार्यक्रम अन्तर्गत गतवर्ष ४२ र यो वर्ष ९० वटा गरि १३० थान मोटर वोरिङ्ग वितरण गरेको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।
विर्तामोड नगरपालिकामा दिनानुदीन सहरिकरण हुदै छ यसका लागी आवश्यक अग्यानिक तरकारिकारी नगरमै उत्पादन गर्ने उद्येश्यकासाथ नगरपालिकाले कृषिको क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत कृषकलाई सहयोग छ जस बाट कृषकले राम्रो उत्पादन गरेको वर्तामोड नगरपालिकाका प्रशासकिय अधिकृत देवराज कार्कि बताउछन् । नगरपालिकाले नगरका नागरिकको स्वस्थ्य प्रति निकै चासो राखेको छ । यसकालागी नगरले विषदी रहित उत्पादनमा विषेश ध्यानदिएको अधिकृत कार्कि बताउछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker