प्राविधिक शिक्षकको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

कमल । झापा जिल्लामा रहेका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार सम्बन्धि दुई दिवसिय प्राविधिक शिक्षकहरुको प्रशिक्षक प्रशिक्षण तालिम बुधवार सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न ६ वटा स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिम शिवसताक्षी नगरपालिका वार्ड नम्बर ९ स्थित राष्ट्रिय रमणिय आवासीय माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।
तालिममा अनलाईनको माध्यमबाट आईईएमआईएस,पिएमटी र कक्षा ८ को नतिजा प्रकाशन गर्नेे विषयमा बेलवारी नगरपालिका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले सहजीकरण गरेका थिए ।
तालिममा ६ वटा स्थानीय तहका शिक्षा प्रमुख ,विद्यालय निरिक्षक,विद्यालयका प्रध्यानापक ,कम्प्युटर शिक्षक गरी जम्मा २६ जनाको सहभागिता रहेको सहभागी शिक्षक मदन अधिकारीले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले संयोजन गरेको तालिम कार्यक्रमको सभापति राष्ट्रिय रमणिय अवासीय माबीका प्रध्यानापक कालीप्रसाद रिजालले गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker