हात्तिपाईले रोग विरुद्ध आम औषधी सेवन कार्यक्रम सम्वन्धि अन्तरक्रिया

कमल । २५ गते बाट देशव्यापि रुपमा एकैसाथ हात्तिपाईले रोग निवारण अभियान २०७६ अन्तर्गत आम औषधी सेवन कार्यक्रम सन्चालन हुदैछ ।
यो कार्यक्रम भव्यताका साथ सम्पन्न पार्न दमक नगरपालिका स्तरिय योजना तर्जुमा सम्बन्धि विभिन्न कार्यक्रम धमाधम भैरहेका छन् । यसै क्रममा आज दमक नगरपालिका स्वस्थ्य शाखाको आयोजनामा सघ संस्थाका प्रतिनिधी र संचारकर्मि विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यो पटक दमकमा ७० हजार भन्दा वढी व्याक्तिलाई आम औषधी सेवन कार्यक्रम अन्तर्गत हात्तिपाईले रोग विरुद्धको औषधि खुवाई र कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधी, शिक्षक, स्वस्थ्यकर्मि लगायत सबैको सहभागितामा मात्र औषधी सेवनको कार्यक्रम प्रभावकारीहुने दमक अस्पतालका सिनियर अहेव नगेन्द्र भट्टराइले बताए । हात्तिपाईले रोग निवारण अभियान अन्तरगतको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन संचारकर्मि लगायत सबैको महत्व पुर्ण हुने भएकोले सबै लागेमात्र अभियान सफल हुने संचारकर्मि टिकाराम उप्रेती बताउछन् ।
यो कार्यक्रम स्वस्थ्यकर्मिले मात्र सन्चालन गरेर सफल हुदै यसका लागी आम जनसमुदाय र पत्रकारको मुख्य भुमिकाहुने दमक नगरपालिकाका जनस्वस्थ्य निरिक्षक बद्री बराल बताउनुहुन्छ
एक पटक खादा सधैलाई वरदान , नखाँदा अभिसाप हुने भएकोले हात्तिपाईले रोग विरुद्धको औषधि अनिवार्य रुपमा खान र आफुलाई जिवनभर अशक्त, असमर्थ र अपाङ्ग हुन बाट बचाउन दमक नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख रामवृक्ष चौधरी बताउनुहन्छ ।
हात्तिपाईले रोग लामखुट्टेको टोकाई बाट सर्ने भएकोले यो औषधी २ वर्ष भन्दा मुनिका वालवालीका, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , दिर्घ रोगि र गर्भवति महिला र ७ दिनका सुत्तकेरी महिला वाहेक सवैले अनिवार्य रुपमा औषधि सेवनगर्नु पर्ने हुन्छ ।
आठौं पटक सम्म आम औषधी सेवन कार्यक्रम सम्पन्न भैसकेको छ ।यस पटकको कार्यक्रममा झापा मा ९ लाख २० हजार ८ सय ५५ जना जनता मध्ये २ वर्ष भन्दा कम उमेरका वालवालिका, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक , दिर्घ रोगि र गर्भवति महिला वाहेक ८ लाख भन्दा बढी जनतालाई औषधी सेवन गराउन ६ सय ३१ जना स्वस्थ्यकर्मि परिचलन हुने स्वस्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिए ।यो औषधीले कुनै प्रकारको असर गर्दैन सेवान गर्दा समान्य रिगटा लाग्नु स्वभाविक भएकोले ढुक्क संग औषधी सेवान गर्न स्वस्थ्य कार्यलय झापाले अनुरोध गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker