श्रेष्ठ द्वारा विद्यालयलाई कम्प्यूटर प्रदान

कमल । सरस्वती पुजाको अवसर पारेर कमल गाउँपालिका ५ स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई कम्प्युटर प्रदान गरिएको छ ।
सरस्वती पुजाको अवसरका साथै पूर्वविद्यार्थी मिलन कार्यक्रम अन्तर्गत त्यस विद्यालयमा अध्यायनरत पुर्वविद्यार्थी तथा कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरेका हुन ।
श्रेष्ठको प्रमुख आतिथ्यमा र कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर बहादुर निरौलाको विशिष्ट अतिथी कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालय विकास समितिका पदाधिकारिहरु ,शिक्षक अभिभावक संघ, आमा समूह, पूर्व प्रधानाध्यापक, गुह्येश्वरी युवा क्लबका पदाधिकारी, पूर्व शिक्षक , विद्यार्थी ,समाजसेवी एवम शिक्षाप्रेमी व्यक्तित्वको उपस्थिति रहेको थियो ।
आधारभूत विद्यालय विकास समितिका संयोजक एवं कमल गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य खगेन्द्र तिवारीको सभापतित्वमा भएको सो कार्यक्रममा उपस्थित अतिथी तथा सहभागी लाई विद्यालयका प्रधानध्यापक टङ्कप्रसाद गजुरेलले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए भने शिक्षक मदन अधिकारीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker