प्राथमिक स्वस्थ्य केन्द्र औषधी अभाव

कमल । जिल्लाको पुर्व उत्तरमा रहेको अर्जुनधारा नगरपालिकाकोमा नेपाल सरकारले निशुल्क उपलब्ध गराएका औषधी अभाव रहेको त्याहाँ कार्यरत कर्मचारी बताउछन् ।
पछिल्लो समय नेपाल सरकारले ७२ किसिमका औषधी उपलब्ध गराएपनि स्वस्थ्य केन्द्रमा वर्षभरिनै अवाभ हुनेगरेको प्राथमिक स्वस्थ्य केन्द्र सिनियर अहेव अधिकृत डम्वरबल्लव मिश्र बताउछन् ।
२०६८को जनगणना अनुसार महिला ३२ हजार ३ सय २३ र पुरुष ३१ हजार ४ सय ९२ गरी कुल जनसख्ंया ६३ हजार ८१५ रहेको छ । यतिधेरे संख्या रहेको नगरमा विरामीको चाप धेरै छ । दैनिक चारसय भन्दा बढी विरामी आउने स्वस्थ्य केन्द्रमा औषधिको अभाव त छदैत आवश्यक जनशक्ति समेत नभएका कारण उपचारमा समस्या आउने गरेको अधिकृत मिश्र बताउछन् ।
नगरमा भएका सबै नगरिकलाई स्वस्थ्य सेवा पुर्याउन आवश्यक पहल भैरहेको र अवको केहि दिन मा सबै वडामा आधारभुत स्वस्थ्य केन्द्र खोल्ने तयारी भैरहेको छ भने औषधि खरिदका लागी प्रकृया समेत सुरु गरिएको नगर प्रमखु हरिकुमार रानाले बताए ।
नगरपालिकाको वडा नम्वर १ मा सामुदायीक स्वस्थ्य ईकाई वडा नम्वर ५ मा शहरि स्वस्थ्य कार्यक्रम, वडा नम्बर २, ७ र ११ रमा आधारभुत स्वस्थ्य केन्द्र द्वारा जनतालाई स्वस्थ्य सेवा प्रदानगरि रहेको छ भने अवको केहि दिन भित्रै वडा नम्वर ६,८र १० मा आधारभुत स्वस्थ्य केन्द्र खोलेर जनतालाई स्वस्थ्यको थप सेवा दिने तयारी भै रहेको अर्जुनधार नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत बताउनुहुन्छ ।
अर्जुनधारा नगरपालिकाले स्वस्थ्यको क्षेत्रमा धेरै फड्को मारिसकेको छ । तर पनि अझैधेरै जनता माझ स्वस्थ्य सेवा पुर्याउनु पर्ने देखिन्छ यसका लागी जनप्रतिनिधीले स्वस्थ्य सम्बन्धि विभिन्न योजना बनाएर अगाडी बढेमात्र जनतामा आधारभुत स्वस्थ्य सेवा पुग्ने छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker