कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

कमल । झापाको कमल गाउँपालिकाले ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
२०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ सय ३५ रुपैया शेयर जम्मा गर्न सफल भएको छ भने ८ लाख ७५ हजार ५ सय १४ रुपैया नाफा कमाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

This image has an empty alt attribute; its file name is ikl-1024x472.jpg


सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका बडा न ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, सदस्य लालप्रसाद बखिम,सानुकेर्खा युव क्लवका अध्यक्ष होमराज लिम्बु लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

This image has an empty alt attribute; its file name is vgy-1024x472.jpg


कार्यक्रममा वाल बचत तर्फ महिमा धिमाल,जेष्ठ नगरकि बचत सावित्रा गुराँगाई, कुसल ऋणी तर्फ कुलबहादुर थापा, दैनिक बचत तर्फ दिलपि पौडेल, साधारण बचत तर्फ रमेश पोख्रेल , कर्मणी नियमित बचत तर्फ पिताम्बर सिंखडा, पेन्सन बचत तर्फ हर्क बहादु विक लाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

This image has an empty alt attribute; its file name is op-1024x472.jpg


सस्थाका सचिव लेखनाथ सुवेदीले सन्चालन गरेका थिएभने सदस्य दौलत गिरी (रविन) ले स्वगत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker