कमल गाउँपालीकाको केर्खा —क्याम्पा —सरङ्गपाडा—बैगुनधुरा सडकको निर्माण कार्य सुरु

उमानाथ भण्डारी

कमल । कमल गाउँपालीका को केर्खा क्याम्पा सरङ्गपाडा हुँदै बैगुनधुरा सम्मजाने सडकको निर्माण कार्य सुरु भएको छ ।
कमल गाउँपालिकाको केर्खा हुदै बैगुनधुरा सम्म जोड्ने सम्मको १६ दशमलव ७०० किलोमिटर सडक निर्माणका लागी २०७४ साल असार २० गते सम्झौता भएको थियो । सम्झौता अनुसार सडक निर्माणको काम २०७६ साल असार १९ गते सम्पन्न गरि सक्नु पर्ने भएतापनि भुत्तानि लगायत विभिन्न समस्या देखाउदै ठेकेदार कम्पनिले सडक निर्माणको काम सुरुगरेकोे थिएन ।
पछिल्लो समय सडक निर्माणको काम सुरु भएपछि उपभोक्तामा अब चै ढिलै भएपनि सडक बन्लाकी भन्ने आशा पलाएको स्थानिय बासि हेम सगर ढकाल बताउछन् ।
२० वर्ष देखि यो सडकमा निकै कठिन यात्रा गरियो हिलो र धुलाका कारण हैरान भईयो पछिल्लो समय सडक निर्माणका काम सुरुभएको छ । अव सहज तरिकाले यात्रा गर्न पाईनेमा आफु विश्वस्त भएको कमल १ स्थित नरेनद्र जनता माध्यीमक विद्यालय शिक्षक खड्गवहादुर खड्का बताउछन् ।
केर्खा देखी ,क्याम्पा, सरङ्गपाडा हुँदै बैगुनधुरा सम्मको १६ दशमलव ७०० किलोमिटर सडक लाई दुई वटा प्याकेजमा निर्माण कार्य सुरुगरिएको छ ।
पहिलो प्याकेज अन्तरगत सुनारा देखी बैगुनधुरा सम्मको सडकमा वेस र सववेसको काम सम्पन्न भैसकेको र मौसममा सुधार आउन साथ कालोपत्रे सुरुगरिने रोशसन शाहा ईन्जिनियरिङ्ग जेभीका ईन्जिनियर प्रविण कुमार देव बताउछन् ।
उनका सुरुमा भुत्तानि लगायत केहि समस्याका कारण सयक निर्माणको काम अलि ढिलो भयो । अब सबै कुरा मिलि सकेको छ यसै आर्थिक वर्षको अन्त्य सम्ममा निर्माण सम्पन्न हुने ईन्जिनियर देव बताउछन् ।
सडक निर्माणका लागी केर्खा देखी सुनारा सम्म ८ किलो मिटरका लागी ६ करोड ३३ लाख १५ हजार ३ सय ४५ रुपैया र सुनारा देखि बेगुनधुरा सम्म ८ दशमलव ७०० किलोमिटर सडक निर्माणका लागी ७ करोड २२ लाख ८ हजार ८ सय ४७ रुपैया को लागतमा सडक निर्माणको कार्य भैरहेको छ ।
३ वर्ष अगाडी ठेक्का लागेपनि सडक निर्माण का लागी जिम्मा पाएको रोशन– शाहा ईन्जिनियरिङ्ग जे भीले सडक निर्माणको काम सुरु नगर्दा त्याहाँ बाट निस्किएको धुलोका कारण आजित भएका स्थानिय अब सडक बन्नेमा ढुक्क भएको स्थानिय कुलचन्द्र आचार्य बताउछन् ।
सडक निर्माणका लागी गाउँपालिकाले पटक पटक ठेकदार संग बसेर छलफल गरेको र समन्धित निकायमा समेत जानकारी गराएपछि मात्र सडक निर्माणको काम सुरुभएको हो । निर्माणकार्य ढिलो भइपनि गुणस्तर बन्नेमा आफु ढुक्क भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
कमल गाउँपालिकाको केर्खा हुदै बैगुनधुरा सम्म जोड्ने १७ किलोमिटर सडक निर्माणका लागी २०७४ साल असार २० गते सम्झौता भएको र सम्झौता अनुसार २०७६ साल असार १९ गते सडक निर्माणको काम सम्पन्न गरि सक्नु पर्ने थियो तर सो अवधिमा सडक निर्माण सम्बन्धि कुनै कामनै नगरी पुन २०७६ साल असार मसन्तसम्म म्याद थपगरि सडक निर्माणको काम सुरुगरि हो ।
पछिल्लो पटक थपिएको म्याद भित्र सडक निर्माणको काम त सम्पन्न होला तर सडकको गुणस्तरका बारेमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । नत्र निर्माण सम्पन्न भएको केहिदिन भित्रै सडक मा खाल्डा खुल्डि भएका यसको जिम्वेवारी कस्ले लिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker