साहाराको २३ औं साधारणसभाका लागी प्रतिनिधी छनौट

कमल । साहारा नेपाल बचत तथा ऋण सहकारी सस्थालीको २३ औं साधारणसभाका लागी साना उद्यमी व्यवसायी(एस एम ई) तर्फका प्रतिनिधी छनौट गरेको छ ।
सस्थाको आगामी पुस २६ विर्तामोडमा हुने केन्द्रिय साधारणसभामा एस एम ईका तर्फबाट प्रतिनिधी सहभागी गराउनका लागी शनिवार दमक,शिवगंज,दुधे, गौरादह,गौरिगंज,मधुमल्ला र केर्खासेवा केन्द्रका ३ सय ३६ जना सदस्य बाट पहिलो चरणमा १७ जना प्रतिनिधी छनौट गरिएको हो ।
सदस्य मध्ये २० जना सदस्य बराबर १ जना को अनुपातमा १७ जना प्रतिनिधी छनौट गरिएको सस्थाले जनाएको छ ।
कार्यक्रममा स्थानिय साधारणसभाका संयोजक डम्वरबहादुर देउजाको अध्यक्षतामा भएको कार्यक्रममा दमक सेवा केन्द्रका सहयोग उपसमिती सदस्य कुलबहादुर भट्टराईले क्षेत्रिय रुपमा प्रतिनिधी छनौट गर्नुको उद्येश्यका साथै स्वगत मन्तव्य राखेका थिए ।

This image has an empty alt attribute; its file name is u-1024x768.jpg


त्यसैगरी सन्चालक समिती सदस्य नेत्रप्रसाद नेपाल १७ बुँदे वार्षिक प्रगती प्रतिवेदन पस्तुत गरेका थिए । त्यसैगरी सन्चालक सदस्य एकराज गीरीले ८ अर्व ५६ करोड ८२ लाख १९ हजार ९ सय ३४ रुपैयाको वासलात प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डम्वरबहादुर देउजाले ५८ बुँदामा समेटिएको वाषर््िाक निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने ३ जना सदस्यलाई सम्मान गरिएको थियो जस अन्तरगत उत्कृष्ट उद्यमि विमला देवी धिमाल, बचतकर्तामा रिनादेवी दास र उत्कृष्ट कर्जा तर्फ रुसादेवी कटुवा लाई सम्मान गरीएका सेवा केन्द्र दमकका प्रबन्धक डम्बर प्रधानले जानकारी दिए । कार्यक्रम सस्थाकी सञ्चालक सदस्य चित्रकला ओलीले सञ्चानल गरेकी थिईन् ।

This image has an empty alt attribute; its file name is g-1024x768.jpg


सोहि कार्यक्रममा सस्थाले उद्यमशिलता सम्बन्धि तालिम दिएका महिला द्वारा सञ्चालनमा ल्याएको चारपाने उद्यमशिल अचार उद्योगद्वारा उत्पादन गरिएको अचार लगातका सामाग्री समेत विक्रिका लागी राखिएको उद्योग सञ्चलक समितीका उपाध्यक्ष मन्जु गौतमले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker