चेसोक तङ्नामको खर्च सार्वजनिक

कमल । किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाको आयोजनामा सम्पन्न चेसोक तङ्नाम कार्यक्रमको खर्च सार्वजनिक गरिएको छ ।
गत मंसिर २८ गते किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाको आयोजनामा सम्पन्न चेसोक तङ्नाम (न्वाङ्गी पुजा उद्यौली ) मा २ लाख ६० हजार ३ सय ७६ रुपैया आम्दानी भएको र २ लाख ३७ हजार ६ सय ३० रुपैयाखर्च भएको किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाका अर्थिक समिती संयोजक प्रकाश नेम्वाङ्गले जानकारी दिए ।
प्रकृतिमा भएका विभिन्न परिवर्त अनुसार बैशाखे पुर्णिमा उभौली र मंसिरे पुर्णिमामा उद्यौलि को पुजा सहित विभिन्न कार्यक्रमका साथ उद्यौली पुजागरी चेसोक तङ्नामका मनाईएको किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाका सचिव ईन्द्र वहादुर सदेम्वा लिम्बुले जानकारी दिए ।
कार्यक्रममा छेलो हान्ने, च्यावब्रोङ्ग,पालङ्ग लगातका प्रस्तुतिका साथै राष्ट्रिय तथा स्थानीय कलाकार बाट गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker