साहाराको २३ औं साधारणसभाका लागी प्रतिनिधी छनौट

कमल । साहारा नेपाल बचत तथा ऋण सहकारी सस्था सेवा केन्द्र दमकले २३ औं साधारणसभाका लागी आज प्रतिनिधी छनौट गरेको छ ।
सस्थाको आगामी पुस २६ विर्तामोडमा हुने केन्द्रिय साधारणसभाकामा दमक सेवाकेन्द्र बाट प्रतिनिधी सहभागी गराउनका लागी पहिलो चरणमा ३० जना प्रतिनिधी छनौट गरिएको हो ।
सस्थाको दमक सेवाकेन्दमा सहकारी तर्फका ५ सय ८७ जना सदस्य मध्ये २० जना सदस्य बराबर १ जना को अनुपातमा ३० जना प्रतिनिधी छनौट गरिएको छ । त्यसैगरी लघु वित्त तर्फ दुधे , शिवगंज, केर्खा, गौरादह , गौरिगंज र दमकका ३ सय ३० जना सदस्य मध्ये बाट आगामी पुस १२ गते दमकमा प्रतिनिधी छनौटहुने सेवा केन्द्र दमकका प्रबन्धक डम्बर प्रधानले जानकारी दिए ।
कार्यक्रममा स्थानिय साधारणसभाका संयोजक हरि प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक सेवा केन्द्रका सहयोग उपसमिती संयोजक तारा बरालले क्षेत्रिय रुपमा प्रतिनिधी छनौट गर्नुको उद्येश्यका साथै स्वगत मन्तव्य राखेका थिए ।

This image has an empty alt attribute; its file name is ss-1024x768.jpg


त्यसैगरी सन्चालक समिती सदस्य भिम खवासले सस्थाको १७ बुँदे वार्षिक प्रगती प्रतिवेदन पस्तुत गरेका थिए । त्यसैगरी कर्जा समितीका संयोजक भिम बहादुर गिरीले ८ अर्व ५६ करोड ८२ लाख १९ हजार ९ सय ३४ रुपैयाको वासलात प्रस्तुत गरेका थिए भने उपनिर्देशक लक्ष्मण खतिवडाले ५८ बुँदामा समेटिएको वाषर््िाक निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सेवाकेन्द्र दमक अन्तरगत उत्कृष्ट कारोवार गर्ने ३ जना सदस्यलाई सम्मान गरिएको थियो जस अन्तरगत उत्कृष्ट उद्यमि अधिराज वनेम, बचतकर्तामा रामप्रसाद गौतम र उत्कृष्ट कर्जा तर्फ अशोककुमार उप्रेती लाई सम्मान गरीएको सस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker