पशुपंक्षीमा प्रयोग गरिने एन्टिवायोटिकका कारण मानव स्वस्थ्यमा समेत ठुलो असर

२०५० सम्ममा १० मिलियन मानिसको मृत्युहुने

कमल । पशुपंक्षी विरामी हुँदा उपचारमा प्रयोग गरिने एन्टिवायोटिकको गलत प्रयोगका काराण आज विश्वमा एन्टिवायोटिकको रेसिष्टेन वढीरहेको र जसका कारण मानव स्वस्थ्यमा समेत ठुलो असर पुग्ने गरेका एक कार्यक्रमका सहभागी हरुले बताएका छन् ।
साहारा नेपाल चारपानेको आयोजनामा दमक नगरपालिका र कमल गाउँपालिकामा रहेर पशुस्वस्थ्यको क्षेत्रमा काम गरिरहेका पशुस्वस्थ्य प्राविधिविच दमक नगरपालिको सभाहलमा भएको अन्तरकृया कार्यक्रमका सहभागहिरुले यस्तो बताएका हुन् ।
विरामी भएको पशु प्रविधिकले उपचार गर्ना साथ निकोहुनु पर्ने कृषकको बुझाई र सहकर्मि साथिहरुभन्दा आफु लोकप्रिय हुनुपर्ने प्राविधिकको मानसिकताले गर्दा पछिल्लो यस्तो समस्या आएको सहभागीले बताएका छन् ।
यस्तै समस्या रहिरहनेहो भने २०५० सम्ममा एन्टिवायोटिकको रेसिष्टेनका कारण १० मिलियन मानिसको मृत्युहुने विज्ञहरुले बताएका छन् ।

No posts found.
This image has an empty alt attribute; its file name is qwe-1024x576.jpg


पशुपंक्षि विरामी हँुदा एन्टिवायोटिकको गलत र अवश्यकता भन्दा धेरै प्रयोग हुनेगरेका कारण त्यसलाई रोगथाम गर्ने मुख्य जिम्वेवारी भनेको पशुस्वस्थ्य प्रविधिकको भएकोले अवका दिनमा त्यसलाई प्रचार प्रसार गर्ने र गलत प्रयोग हुन नदिनका लागी प्रविधिकले भुमिका खेल्नुपर्ने सहारा नेपालका कृषिमा आधारित मुल्य श्रृखंला कार्यक्रमका संयोजक किसन गौतमले बताए ।
कार्यक्रममा लाईभष्टक र पोल्ट्रिको क्षेत्रमा देखिएका प्रमुख रोग र सो रोगको उपचार मा प्रयोग हुने एन्टिवायोटिकका बारेमा डाक्टर कमलश्वर भाटले जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीका तर्फ बाट दमक नगरपालिका पशुसेवा शाखाका प्रमुख गणेश प्रधानले दमकमा रहेको पुर्वकै ठुलो पशु बजारमा विभिन्न तिरबाट पशुहरु आउने र त्यस बाट विभिन्न रोग फैलिन सक्ने भएकोले त्यसलाई जैविक सुरक्षा अपनाउन तर्फ सम्बन्धित पक्षले ध्यान पुर्याउन आवश्यक रहेको बताए । यदि समयमा नै यस विषयमा सचेत नहुने हो भने भोलीे पशुपालनको क्षेत्रमा ठुलो समस्या आउन सक्ने समेत प्रधानले बताए ।
देशकै ठुलो सहकारीका रुपमा स्थापित साहारा नेपालले ६६ वटा शाखा मार्फत मेचि अन्चल बाएका जिल्लामा समेत बचत तथा कर्जा लगानिका साथै कृषि तथा पशुपालन , सामजिक उत्रदायित्वका विषयमा जानकारी गराउदै भोलिका दिनमा सस्थाले पशुपालनका क्षेत्रमा गरेका कार्यक्रममा पशुस्वस्थ्य प्रविधिकको साथ र सहयोगको अपेक्षा गरेको सस्थाका दमक शाखाका प्रवन्धक डम्बर प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker