सगरमाथा टिन्स क्लव गठन

बाँसबारी । झापाको कमल गाउँपालिका १ स्थित श्री बाँसबारी माध्यमिक विद्यालयमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरिएको छ । प्रदेश(१ सरकार आन्तरिक ममिला तथा कानुन मन्त्रालयले अधि बढाएको ‘म अघि बढ्छु’ कार्यक्रम अन्तर्गत ‘सगरमाथा टिन्स क्लब’ गठन गरिएको हो ।
हेमसागर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरीएको छ । समितिमा कक्षा ९ र १० का विद्यार्थी सामेल छन् । त्यस्तै समितिको उपाध्यक्षद्धयमा नेहा लिम्बु र युवराज आचार्य, सचिवमा कमलबहादुर बस्नेत र कोषाध्यक्षमा सरु बिश्वकर्मा चयन भएका छन् । यसैगरी समितिका सदस्यहरुमा मिना तामाङ, स्नेहा बराइली, लक्ष्मी कार्की, राजेश टुडु, शुस्मा रानामगर, कविता खत्री, आयुश शंकर, सिसन लिम्बु, फणेन्द्र आचार्य र सविन वास्के चयन भएका छन् ।
क्लवले विद्यालयमा आधारित सचेतना कार्यक्रम गर्ने तथा लागु औषध दुव्र्यसनको न्यूनिकरण गर्ने, विभिन्न चेतना फैलाउँने, नैतिक जिम्मेवार तथा सामाजिक दायित्वका विषयमा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरी सभ्य समाज निर्माणमा सहयोग पु¥याउँने क्लवको उद्धेश्य रहेको शिक्षक नायक सुमन गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker