केर्खामा महिलाहिंसा विरुद्धको १६ दिने अभियान

महिलाहिंसा विरुद्धको १६ दिने अभियान अहिले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमगरी मनाईदै छ ।
यसै क्रममा झापाको कमल गाउँपालिका वडा नम्वर ३ ले पनि विभिन्न कार्यक्रमगरी मनाईरको छ । अभियान सन्चालन गर्नेक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधी , विद्यार्थि लगायतले केर्खा बजार परिक्रमा पछि कोणसभामा परिणत भएको थियो ।
कोणसभामा वोल्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले पछिल्लो समयमा लैंिगकहिंसा साथै बालबालिका हुनेगरेका विभिन्न हिंसालाई न्युनिकरण गर्दै सभ्यसमाज निर्माणका लागी यो कार्यक्रम सन्चालन गरिएको बताईन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी,उद्यमशिल महिलाकेन्द्रका अध्यक्ष शान्ता दाहाल, समावेशिमहिला सशक्तिकरण केन्द्रका अध्यक्ष गौरा चापागाई लगायतले महिलाहिंसा विरुद्धको १६ दिने अभियानका बारेमा बोलेका थिए ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker