बालविवाह रोक्न जिम्मेवार चाँहि को ?

रेनुका गौतम

कानुनले तोके बमोजिम उमेर नपुगी गरिने विवाहलाई बालविवाह भनिन्छ , नेपालमा पनि कानुनले बीस बर्ष पुरा भएपछि मात्र विवाह गर्न भनेको छ । वालविवाह गरे वा गराएमा त्यसको सजाय पनि कानुनमा उल्लेख छ ।
तसर्थ बालविवाह रोक्न सरकारले विवाह दर्तामा बीस वर्ष पुरा नभएकोलाई दर्ता नै नहुने प्रणालीको व्यवस्था गरेको छ । यो एउटा गतिलो कदम हो । तथापि बढी मात्रामा छोरीको उमेर नपुगी विवाह हुने ठूलो समस्याको रुपमा रहेको छ ।
हाम्रो समाजमा छोरीको कम महत्व दिने चलन त यथावतै छ । अझ छोरी भनेको विवाह गरेर अर्काको घर जाने जात भन्ने मानसिकताले मान्छेको मनमा घर गरेको छ । छोरालाई धन मान्ने र छोरीलाई पराईको नासो मान्ने सोचले जति नै पढेलेखेकाको मनमा पनि जरा गाडेको छ । किन वीस बर्ष पुरा हुनुपर्ने भन्ने कुराको खोज कसैलाई पनि चाहिएको छैन ,छोरी जन्माउने बाबुुआमालाई त छैन अरु कसलाई हुने र ?

This image has an empty alt attribute; its file name is wo-1024x480.jpeg


एउटी छोरीले आफु शारिरीक र मानसिक रुपमा तयार हुनु पर्ने कुरा यहाँ गांैड छ । विषेश गरी १२,१३ बर्ष देखी १९ बर्ष सम्म त किशोरावस्थाको उमेर हो । यो मानव जीवनको संक्रमणकालिन अवस्था हो, यस उमेरमा कुनै पनि व्यक्ति राम्ररी परिपक्व भैसकेको हुदैन, त्यस्तो उमेरमा निर्णय गर्ने क्षमताको विकास भैसकेको हुदैन । त्यस्तो अवस्थामा उसलाई आवस्यक पर्ने जीवनोपयोगी सीपका कुराहरु सिकाउनु पर्ने हुन्छ । यस्तो उमेरमा छोरा छोरीलाई अभिभावकबाट साथी जस्तै व्यवहार गरी आवस्यक सल्लाह दिनु पर्ने हुन्छ । यो उमेरमा कसैलाई मन पराउनु, आकर्षित हुनु भनेको उमेरको कारण हो । विपरित लिंग प्रति आकर्षित हुनु लाई विवाह गरिहाल्ने वा एउटा निर्णय गरिहाल्ने अवस्था होइन । यस कुरालाई व्यवस्थापन गर्न आफुमा आत्मजागरण तथा सिर्जनात्मक सोचाईको आवस्यकता पर्दछ भने अभिभावकले राम्रो सल्लाह दिनु पर्दछ न की विवाह गरिदिने निर्णय ।
विषेश गरी प्रजनन् अंगहरुको विकास भईनसकेको अवस्थामा स्वास्थ्यमा पर्ने असरहरु त छदैछन् यसले गर्दा शारिरीक तथा मानसिक असर पनि पर्न जान्छ । शिक्षादिक्षा तथा व्यक्तित्व विकासमा पर्ने असरका साथै गर्भ रहिहाल्यो भने त झन् महिलाको स्वास्थ्यमा भयानक असर पर्दछ ।
यति हुँदा हँुदै पनि विहे गर्न र गराउनकै लागि उमेर बढाएर जन्मदर्ता गराउने, नागरिकता परिवर्तन गर्ने जस्ता कामहरु हुने गर्दछन् । यस कार्यका लागि एउटा व्यक्ति मात्र लागेर हुदैन । विद्यालय शिक्षामा यी विषयहरु समावेश गराउदै शिक्षक, समुदाय तथा जिम्मेवार निकायहरु स्वच्छ मनले लागे समस्या त्यति ठूलो जस्तो लाग्दैन । तर यहाँ एकले अर्काेलाई देखाएर यथास्थितिलाई नै पक्षपोषण गर्ने वा बालविवाहलाई प्रश्रय दिने खालका काम गर्ने हो भने बालववाह रोक्न जिम्मेवार चाहि को ?

कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुखमा कार्यरत हुनुहुन्छ

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker