लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाण्डौ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यो वर्ष ुसमानताको पुस्ता स् बलात्कारविरुद्ध ऐक्यबद्धताु भन्ने नाराका साथ मनाउन लागिएको अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।

अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वास पात्र या जीवन साथीबाट भोगेका पाइएको छ ।

दिवसको अवसरमा राष्ट्रिय सभागृहमा सरकारले सोमबार गर्ने भनेको विषेश कार्यक्रम आउने २२ गते हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker