छोराको पुन्यतिथीको अवसरमा गुरुकुलमा अध्यायनरत बटुकलाई खाध्यन्न वितरण

कमल । स्वर्गिय भिष्म काफ्लेको १० औं पुन्यतिथीको अवसरमा आज एक कार्यक्रमका विचमा उनका बुवा भवानी प्रसाद काफ्ले र आमा यमुनादेबी काफ्लेले दमक ४ स्थित श्री वशिष्ठ सँस्कृत गुरुकुलमा अध्यायनरत बटुकलाई खाध्यन्न वितरण गरेका छन् ।
गुरुकुलमा अध्यायनरत ४० जना वटुकलाई अध्यायनमा केहि राहात पुगोस् भन्ने उद्येश्यले चामल, दाल, चिनी , तेल लगायतका खाध्यन्न सामाग्री वितरण गरेको मृतकका भाई रोसन काफ्लेले जानकारी दिए । २०६६ साल मंसिर ८ गते दमक स्थित क्याम्पस मोडमा सवारि दुर्घटनामा परि भिष्मको मृत्यु भएको थियो ।
त्यसैगरी सोहि कार्यक्रममा दमक नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कुमार सास्सुहाँङ्गले समेत आफ्नो जन्मदिनको आसरमा गुरुकुल मा अध्यायन गर्ने बटुक लाई खाध्यन्न वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker