कमलनगर जेसीजले विविध कार्यक्रम गरि जेसीज सप्ताहा मनाउने भएको छ

कमल । कमलनगर जेसीजले विविध कार्यक्रम गरि जेसीज सप्ताहा मनाउने भएको छ ।
जेसीज सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अन्तरगत आगामी मंसिर ६ गते विहान ७.३० बजे कमल गाउँपालिका ६ स्थित मंगलमय माध्यमिक विध्यालयमा जेसि युवराज पाठकको संयोजकत्वमा सप्ताहा कार्यक्रमको उद्घाटन हुने भएको छ । सोहिदिन विहान ८ बजे सेजि विष्णुभक्त लामिछनेको संयोजकत्वमा सोहि विध्यालयमा विध्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिने छ भने ९ बजे ९ बजे जेसि छत्रपति खनालको संयोजकत्वमा पाडाजुँगी चोकमा ट्राफिक जनचेतनामुलक कार्यक्रम संचालन गरिने मुल आयोजक समितीका संयोजक हेमबहादुर दाहालले बताए ।

No posts found.
This image has an empty alt attribute; its file name is jyc.jpg


त्यसैगरी मंसिर ७ गते विहान जेसि तिलरुपा दहालको संयोजकत्वमा कमल गाउँपालिका ३ स्थित केर्खा बसपार्कमा डिभाईडर सहित फुलरोप्ने कार्यक्रम रहेको छ भने सोहिदिन विहान ८.३० बजे जेसी सुनिता थापाको संयोजकत्वमा केर्खाको खेलमैदानमा कमल गाउँपालिकाका र कमलनगर जेसीस विच मैत्रिपुर्ण फुटवल खेलहुने छ ।
कार्यक्रम अनुसार मंसिर १३ गते ११ बजे जेसी नारायण बस्नेतको संयोजकत्वमा कमल गाउँपालिका ५ स्थित गुरागाँई प्रतिष्ठानमा गाउँपालिकामा रहेका विध्यालय स्तरिय गायन प्रतियोगिता हुने छ भने सोहिदिन सोहिस्थानमा २.३० बजे जेसीघनश्याम गुराँगाईको संयोजकत्वमा सप्ताहा समापन कार्यक्रम सम्पन्न हुने कमलनगर जेसीजका महासचिव जेसि रिजु कार्किले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker