मोडल क्याम्पस साहित्यिक मञ्चको अध्यक्षमा ः राई

कमल । अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ स्थापना गरिएको झापाको दमक ५ मा रहेकोे मोडल क्याम्पस साहित्यिक मञ्चले आफ्नो तेस्रो साधारणसभाबाट आगामी कार्यकालका लागी अध्यक्षमा मौसम राई सर्बसम्मत चयन गर्दै २५ सदस्य समिति गठन गरेको छ ।
त्यसैगरि उपाध्यक्षमा द्वय टिकाराम सापकोटा र उमा लिम्बु, महासचिव खगिन त्रिखत्री सचिव सरोज आचाय कोषाध्यक्ष एस्थर मगर सहकोषाध्यक्षमा इन्दु ताजपुरिया निर्विरोध चयन भएका हुन् ।
त्यसै गरि विभागीय प्रमुखमा दिवश तिगेला,संगठन विस्तार विभागमा कुन्दन अधिकारी र निस्चल राई, महिला विभागमा याशोदा बजगाई र निशा पुरी, अनुशाशन विभागमा भरत विमल रोय, सुचना तथा प्रचारप्रसार विभागमा नवराज मगर र कमल कटुवाल साथै सदस्यमा विध्या राई, सिर्जना राई, निकिता खत्री, पर्वत बस्नेत, प्रसुना कार्की, सुलोचना अधिकारी, स्वस्तिका ओझा, प्रशंसा गौतम, झरना ढुङ्गेल, रोस्मा क्षेत्री, उत्सव काईराला, दिपा खनाल र निखिल कुँवर चयन भएका हुन् ।

No posts found.

मञ्चका अध्यक्ष जितेन सामपाङको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संरक्षक बिन्दु दाहाल (मुकदर्शक ) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका सचिव खगिन त्रिखत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मञ्चका सदस्य कमल कटुवालले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष टिकाराम सापकोटा र समर्पण मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker