कुनै पनि पर्वलाई जाति विषेशको धेरामा राख्नु नहुने ः मन्त्री कार्कि

उमानाथ भण्डारी

No posts found.

कमल । १नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मतकुमार कार्किले कुनै पनि पर्वलाई जाति विषेशको धेरामा राख्नु नहुन बताएका छन् ।
सो कुरा बुधवार विहान मन्त्रि कार्किले आफ्नो गृहनगर गौरादहमा आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन् ।
नेपालमा मानिने साँस्कृतिक पर्वको संमिश्रण हुदै भएको छ हिजो पुर्वका चेलीवेटीले मान्ने तिज आज पश्चिममा मनाउन थालिएको छ भने पश्चिममा मानिने देउडा आज पुर्वमा मनाउन थालिएको छ । यसले हाम्रो जातिय एकता मजबुत हुदै गएको मन्त्रि कार्किले बताए ।
कुनै पनि पर्वलाई जाति विषेशको धेरामा राख्नु नहुने बताउदै यसलाइ जति फराकिलो बनाउन सक्छौ उतिनै हाम्रो जातिय एकता मजबुत हुदै जाने छ । जातीय एकता बलियो भयो भने मात्र विकास निर्माण अगाडी बढ्छ र त्यो राज्य आर्थिक सामाजीक दृष्टि कोणले पनि मजबुत मन्त्री कार्किले बताए ।
नेपाल नयाँ युगमा प्रवेश गरिसकेको छ । शुखी नेपाली समृद्ध नेपालमा प्रवेश भै सकेको बताउदै १ नम्बर प्रदेश हरेक दृष्टिकोणले अगाडि बढि सकेको छ । ४२ वटा कानुनको निर्माण भै सकेको छ । हामिले बनाएका कानुन अन्य छ वटा प्रदेशको भन्दा उत्कृष्ट भएको मन्त्री कार्किले जानकारी गराए ।
प्रदेशको राजधानी टुङ्गयाएपनि नामाकरणमा केहि ढिलो भएको छ । प्रदेश नम्वर १ का सबै जनाताको अपनत्व हुने गरी हिउदे अधिवेशमा नामाकरणको टुङ्गो लगाउने मन्त्री कर्किले जानकारी दिए ।
सरकार गठनको २ वर्ष भएपनि काम सुरु गरेको २० महिना मात्रै हुन्दै छ । यस अवधीमा जनताले अनुभुती गर्ने खालका केहिकाम गर्न सकिएको छैन अव कानुन निर्माण भै सकेका छन् अव जनाताले अनुभती हुने खालका कामहुने छन् ।
हिजोका दिनमा भएका केहि गल्ति कमजोरी लाई सच्याउदै अव प्रदेश सरकार अगाडी बढने छ । प्रदेशको गौरवको योजनामा रहेको किमाथाङ्गका जोगमनि सडकको ट्रयाक खोल्ने काम नेपाली सेना लाई दिई सकिएको छ । यसलाई भविश्यमा ४ लेनको सडक बनाएर त्रिदेशिय सडक सन्जालको को रुपमा विस्तार गर्न प्रदेश सरकार लागिपरेको मन्त्री कार्किले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker