नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) चुलाचुलीको देउसी भैलो कार्यक्रम सम्पन्न

स्थानिय सरकारले गरेकाकामको जन स्तरसम्म प्रचार प्रसार गर्ने उद्येश्य

कमल । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) १ नम्वर वडा कमिटी चुलाचुलीको आयोजना तथा चुलाचुली कला साहित्य तथा संस्कृति विभागको संयोजनमा ईलामको चुलाचुली गाउँपालिकामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।
कला ,साहित्य र सस्कृतीको जगेर्ना गर्दै स्थनिय नगरिक सग भेटघाट गर्नुका साथै स्थानिय सरकारले गरेकाकामको जन स्तरसम्म प्रचार प्रसार गर्ने उद्येश्यले देउसी भैलो खेलिएको चुलाचुली कला साहित्य तथा संस्कृति विभागका अध्यक्ष विवश वलिभद्र कोईरालाले जानकारी दिए ।
चुलाचुली गाउँपालीका वडा नम्बर १ बाट सुरु भएको देउसी भैलो कार्यक्रमको उद्घाटन कला साहित्य तथा संस्कृति विभागका अध्यक्ष कोईरालाले गरेका थिए ।
देउसी भैलो कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई उपाध्यक्ष निर्मला दाहाल, वडा अध्यक्ष ,नेकपा जिल्ला कमिटी सदस्य ओम नारायण खनाल, नेकपा चुलचुली गाउँ संगठन अध्यक्ष तुला लावती, सचिव दिलु लावती, पृथ्विराज राई, नरायण लावती लगायतको उपस्थितीमा देउसी खेलिएका नेकपा चुलाचुलीले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker