कमल गाउँपालिकाको वडा नं ५ विकास निर्माणमा अग्रणी स्थानमा

कमल । नेपालको सुदूर पूर्व मेची अंचलको दक्षिणी जिल्ला झापाको कमल गाउँपालिकाको उत्तर तर्फ ईलाम जिल्ला, दक्षिण तर्फ गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिका, पश्चिम तर्फ रतुवा खोला दमक नगरपालिका, र पूर्व तर्फ शिवसताक्षी नगरपालिका रहेको छ। कमल गाउँपालिका साविकका दुई गा।वि।स। तोपगाछी र लखनपुर जोडेर बनेको हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ४४,३६५ रहेको छ, जसमध्ये पुरूष २०,२९६ र महिला २४,०६९ रहेका छन् ।
२०७५ सालको सर्भेक्षण अनुसार कमल गाउँपालिकाको जनसङ्ख्या ५२,४८५ रहेको छ, जसमध्ये पुरूष २६,६१८ र महिला २५,८६७ रहेका छन् । ।

No posts found.
This image has an empty alt attribute; its file name is gh-3-576x1024.jpg


बिभिन्न जनजातिहरुको बसोवास रहेको यस गाउँपालिकामा खास गरी बाहुन, क्षेत्री, लिम्वु, राई, दमाई, कामी, धिमाल, सल्थाल, ताजपुरिया, मगर, राजवंशी, तामाङ, गुरुङ, याक्खा, माझी आदिको वाहुल्यता पाईन्छ ।
७ वटा वडामा विभाजन रहेको कमल गाउँपालिकामा अन्य वडाको तुलनामा वडा नम्बर ५ ले धेरै नै विकास निर्माण गरेको छ । मुख्य राजमार्ग सग सिमाना जेडिएकाले यस वडा लाई गाउँपालिकाको पश्चिम तर्फको प्रवेश द्वारको रुपमा समेत लिने गरिएको छ ।
गाउँपालिकाकै प्रमुख बजारको रुपमा विकास हुदै आएको पाडाजुँगी बजारमा हुन सक्ने चोरि र सवारि दुर्घटना लाई न्युनिकरण गर्नका लागी वडाले सिसि क्यामरा समेत जोडेको छ । जनप्रतिनिधी आए पछि बजारमा धेरै परिवर्तन आएको जसले गर्दा दुर्घटना समेत न्युनिकरण भएको पाडाजुँगी बजार व्यवस्थापन समितीका अध्यक्ष खङ्ग बाहादुर श्रेष्ठले बताए ।
स्थानिय सरकार गठनको तिनवर्ष भै सकेको छ यस अवधिमा निर्वाचित जनप्रतिनिधी हरुले आफ्ना वडामा भएका महिलाहरुको क्षमता वृद्धि तथा अर्थिक विकासका लागी विभिन्न सिप मुलक तालिम सञ्चालन गरेका छौ जसका कारण महिला हरुमा आत्मवल समेत बढेको कमल गाउँपालिका वडा नम्वर ५ महिला वडा सदस्य गिता गजुरेलले बताईन।
वडाकार्यलयले आफ्ना वडामा रहेका सामुदायिक विध्यालयको शिक्षामा सुधारको लागी पनि उत्तिकै ध्यान दिएको छ । बडामा रहेको विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागी विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस्ता कार्यक्रमले विद्यालयमा सिकाई उपलब्धिका लागी सहयोग पुगेको मंगलमय माध्यमिक विद्यालयका प्रध्यान अध्यापक मोहन कुमार बगालेले जानकारी दिए ।
वडामा रहेका दलित जनताका लागी वडाकार्यलयले धेरै कार्यक्रम सन्चलानमा ल्याएको छ । त्यस्ता कार्यक्रमले पछिल्लो समय दलित जनतामा धेरै परिवर्तन आएको दलित महिला सदस्य भुमिका महराले बताईन् ।
वडाकार्यलयले आफ्ना वडामा रहेका प्राय सबै कच्चिसडको स्तर उन्नती गरि सकेको छ । अव ति सडकमा कालोपत्रे गर्ने काम सुरु भएकोछ जस अन्तरगत रवि पेट्रोल पम्प देखि पुर्व जाने सडकमा २० लाख रुपेयाको लागतमा कालोपत्रे गर्ने कार्य समेत सम्पन्न भएको छ ।
त्यसैगरि पाडाजुँगी चोकदेखि बारघरे सम्म जोड्ने शहिद मार्गको १३ किलोमिटर सडकमा एडिविको सहयोगमा सडकमा ड्रेन सहित स्तर उन्नती को कार्य सम्पन्न भएको छ भने त्रिवेणी चोक देखि राजमार्ग सम्म जोड्ने ५ सय ३० मिटर सडकको समेत ९ लाख ५० हजार रुपैयामा ड्रेन सहित स्तर उन्नती गर्ने कार्य सम्पन्न भएको वडा कार्यलयले जनाएको छ ।
त्यसैगरी अमर दिप पैनिमा कमल गाउँपालिको नमुनाकै रुपमा ४ लाख ५० हजार रुपैयामा कल्भट निर्माणको कार्यसम्पन्न भएको छ भने मृत्युपछि गरिने दाहासंस्कारमा सहज होस भन्ने उद्येश्यले वडाकार्यलयले मलामि जाने बाटोमा ३ लाख रुपैयाको लागतमा २ सय ५० मिटर सडकलाई स्तर उन्नती गर्नेकार्य सम्पन्न गरेको वडा सदस्य खगेन्द्रप्रसाद तिवारिले बताए ।

कमल गाउँपालिका वडा नं ५ को गौरवको योजनामा रहेको पाडाजुँगी चोक देखि ईलामको चुलाचुली गाउँपालिका जोड्ने सडकमा ५१ लाख रुपैयाको लागतमा ड्रेन सहित स्तर उन्नति गर्नेकार्य सम्पन्न भएको छ । भने चाँजु टुक्रे हुदै हिमाली मार्ग जोड्ने सडकमा ६ लाख रुपैयाको लागतमा स्तर उन्नति को काम समेत सम्पन्न भएको कार्यलयले जनाएको छ ।
वडामा रहेका वालवालिकाको शिक्षामा पहुँच पुगोस भन्ने उद्येश्यले वडा कार्यलयले हिमाली वालविकास केन्द्रको भौतिक संरचनामा निर्माणका लागी २ लाख रुपैया खर्चगरेको छ भने वडामा रहेका विभिन्न मठ मन्दिरको समेत संरक्षण र प्रवद्धनमा वडा कार्यलयले ५ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ ।

This image has an empty alt attribute; its file name is e5-1024x576.jpg


चाँजुखोलाको कटान रोक्नका लागी राष्टपति चुरे संरक्षण समिति र कमल गाउँपालिकाको पहलमा चाँजुखोलमा ५० लाख रुपैयाको लागतमा तारजालि लगाउनेकार्य सम्पन्न भएको छ भने वडा नम्वरकै ५ नमुना चोक देखि दक्षिण जाने सडकमा २५ लाख रुपैयाको लागतमा ४ सय ७० मिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मगलवारे देखि झारवारी जाने सडकमा पर्ने गेउरिया खोलामा २६ लाख रुपैयाको लगतमा पक्किपुल निर्माणको कार्य धमाधम भैरहेको छ ।
स्थानियतह गठन पछि विकास निर्माण लगायतका सम्पुर्णकाम निर्वाचित जनप्रतिनिधीले गर्ने गरेका छन् । जनताको हेराईमा उनिहरुले गरेका कामको मुल्याङ्क गर्ने हो भने खासै उपलब्धिमुलक नरहेका स्थानिय वासि टिका सापकोटाको बुझाई छ ।
हिजो कर्मचारी एक्लैले सबै काम गर्नु पथ्र्याे ,आज जनप्रतिनिधीका मातहतमा रहेर कामगर्नु परेकाले धेरै सहज भएको वडा सचिव रिता कर्कि (रिजाल) बताउछिन् ।

स्थानिय तह गठन भएको तिन वर्ष भयो यस अवधिमा कमल गाउँपालिका वडा नम्वर ५ मा विकास निर्माण लगायत अन्य थुप्रै काम भएका छन् अझैपनि हमिले धेरै कामगर्नु पर्ने छ । तस सबै काम जनप्रतिनिधीले मात्र गर्नु पर्छ भन्ने जनताको बुझाई छ । यसमा परिवर्तन आउन जरुरी छ । जनप्रतिनिधी ले समन्वयकारी भुमिका खेल्ने हो । हामि त जनताका काम गर्ने भनेर नै जनप्रतिनिधी भएका हौ । भन्छन् कमल गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष डम्बरबहादुर निरौला ।
जनप्रतिनिधी आएपछि कमल गाउँपालिका वडा नम्वर ५ मा थुप्रै काम हरु भएका छन् । पाडाजुँगी चोक लाई व्यवस्थित गरिएको छ , गौरिगंज जाने बस स्टेण्ड सारिएको छ । सडक तथा बजारमा हुन सक्ने घटना दुर्घटना लाई न्युनिकरण गर्न सिसी क्यामरा जडान गरिएको छ । वडामा भएका सबै सडकको स्तर उन्नति भएको छ । तर पनि विकास निर्माणले मात्र सबै पुरा हुँदैन । विकासका साथसाथै शिक्षा, स्वस्थ्य, खानेपनि जस्ता विषयमा पनि ध्यान दिन आवश्यक छ । यस विषयमा ध्यान दिएर अगाडी बड्ने हो भने जनप्रतिनिधी लाई जनताको मन जित्न गारो नपर्ला की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker