कमल साहित्य कला संस्कृति प्रतिष्ठान नामक संस्था स्थापना ःअध्यक्षमा कोईराला

कमल । कमल गाउँपालिका क्षेत्रभित्र साहित्य, कला र संस्कृति सम्बन्धी गतिविधिलाई व्यवस्थित ढङ्गबाट अघि बढाउन गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने साहित्यानुरागीहरूको भेलाबाट आईतवार कमल साहित्य कला संस्कृति प्रतिष्ठान नामक संस्था स्थापना गरिएको छ ।
सस्थाले गाउँपालिका भित्र रहेका कला संसकृति सम्वन्धि विभिन्न गतिविधी सन्चालन गर्दै लुकेर बसेका प्रतिभालाई स्थापित गर्ने सस्थाले जनाएको छ ।
कमल ३, केरखास्थित वन्डरल्यान्ड बोर्डिङ स्कुलको सभाहलमा भएको भेला बाट अग्निप्रसाद कोइरालाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । समितीको उपाध्यक्षमा देवी देउराली सचिव कृष्णप्रसाद रेग्मी सहसचिव विजयकुमार अधिकारी कोषाध्यक्ष बदी साम्पाङ राई सदस्य गोविन्दप्रसाद पौड्याल ,नरबहादुर दाहाल ,कैलाश थापा ,जितेन राई ,राजन चापागाईँ ,अभागी थेगुबा ,कल्पना आचार्य ओली , रञ्जु निरौला ओमप्रकाश गौतम सर्वसम्मत चयन भएको नवगठीत समितीका सहसचिव विजयकुमार अधिकारीले जानकारी दिए ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको भेलामा विन्दु दाहाल मुकदर्शक लगायत गाउँपालिका भित्ररहेका २० जना भन्दा बढी साहित्यानुरागीको उपस्थिती रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker