शिवसताक्षीका होटल व्यवसायी संगठित

कमल । पर्यटन भ्रमण बर्ष सन २०२० लाई सफल बनाउन झापाको शिबसताक्षी नगरमा वर्षौदेखी होटल ब्यबसाय गर्दे आएका व्यवसायीहरु संगठित भएका छन ।

No posts found.

शिवसताक्षी नगरमा रहेका पर्यटकिय क्षेत्रमा आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई आवास भोजन सहज लगायतकोसेवा दिने हेतुले नगरका होटल ब्यबसायीहरु संगठित भएको होटल सितलका संचालक सिता सुनवारले बताएकी छन ।

होटल व्यवासायीले आफ्नो व्यवसायीलाई स्वच्छ, मर्यादित र उदाहरणीय बनाउन आफुहरु एक जुट भएको बताएका छन । होटल भित्र अवाञ्छीत गतिविधि हुन सक्छ, सुरक्षाका दृष्टीकोणले पनि होटल खतरामा रहेको भन्दै त्यसलाई रोक्न व्यवसायी एक हुनुको विकल्प नरहेको व्यवसायीले बताएका छन ।

व्यसायीहरुले शुक्रबार नगरको धार्मिक तथा पर्यटकिय स्थल दोमुखामा नगरका ब्यबवसायीहरु भेला भई संगठित भएको जानकारी दिएका हुन । सो भेलाबाट योगेश लिङदेनको संयोजकत्वमा ११ जना तदर्थ समिति समेत गठन भएकोे छ । नवगठित तदर्थ समितिको सदस्य सचिबमा दाताराम बिष्ट,सदस्यहरु सिता सुनुवार, सानु गिरी, सुबास लिम्बु, तुला बोखिम, नगेन्द्र रिजाल, चन्द्रकला राई, सम्झना शाक्य,कुमार इजम र यादब ढकाल चयन भएका छन ।

शिबसताक्षी होटल ब्यबसायी संघलाई कानुनत पुर्णता दिनको लागि भुवन प्रधानको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति समेत गछन भएको छ । नवगठित शिवसताक्षी होटल व्यवसायी सघले सवै कानुनी प्रक्रिया पुरा गरि निकट भविष्यमा संघलाई औपचरिकता दिइने तदर्थ समितिका समितिका सदस्य तुला बोखिमले बताए ।

कार्यक्रमका शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नबिन इजमले हेरक ब्यबसाय संगठित नभए सम्म ब्यबसायमा बिभिन्न बाधा अबरोध आउन सक्ने भन्दै हरेक क्षेत्रका ब्यबसायीहरु संगठित रुममा अघि बड्न आवश्यक्ता रहेको बताए । हाल नगरमा साना ठुला गरि कम्तिमा २ सय होटल संचालनमा रहेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker