कतार सरकारको स्विकृति नलिई कुनै किसिमका गतिविधि नगर्न त्यहाँ स्थित नेपाली राजदुतावासको अनुरोध

झापा । कतार सरकारका सम्बद्ध निकायको पूर्व स्विकृति विना कुनै पनि किसिमका धार्मिक, राजनीतिक र सामाजिक गतिविधि नगर्न कतारमा रहेका नेपालीहरुलाई त्यहाँ स्थित नेपाली राजदुतावासले अनुरोध गरेको छ ।

हालैका दिनहरुमा केही समुदायले कतार सरकारको सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिई स्थानीय कानुन र प्रचलन प्रतिकूल हुने गरी कतारमा विभिन्न किसिमका भेला÷बैठक आयोजना गर्ने, चन्दा संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले लिखित ध्यानाकर्षण गराएपछि त्यहाँ स्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई त्यस्तो अनुरोध गरेको हो ।

कतारका लागि नेपाली राजदुत डा. नारद भारद्वाज (वाग्ले)ले कतार सरकारका सम्बन्ध निकायको पूर्व स्विकृति बिना कुनै किसिमका राजनीतिक, सामाजिक र धार्मिक गतिविधिहरु सञ्चालन नगर्न÷नगराउन आप्mना नागरिकलाई सम्बन्धित मुलुकको कूटनीतिक नियोगमार्फत निर्देशन गर्न यहाँ स्थित सरकारी निकायले अनुरोध गरेको हुँदा सोहि बमोजिम गर्न त्यहाँ स्थित नेपालीहरुमा अनुरोध गरिएको बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker