अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित

झापा । प्रवासमा रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा छत्र सुब्बा निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज विहान सम्पन्न दोस्रो अधिवेशनको वन्दसत्रबाट आगामी दुई वर्षे कार्यकालका लागि सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

This image has an empty alt attribute; its file name is 72988607_2582917005105955_7260036696513708032_n.jpg

सर्वसम्मत निर्वाचित समितिको संरक्षकद्धयमा भवानी ओली र दिनेश पोख्रेल ,वरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष क्षेत्रीय संयोजक एशिया प्यासिफिक कृष्ण चापागाई, ओसियाना दिपक चुडाँल, यूरोप ललित न्यौपाने, अमेरिका मुकुन्द ढुंगाना चुनिएका छन् । यस्तै, सहसंयोजकहरुमा क्रमशः मध्यपूर्वबाट राजन कार्की, अमेरिका बादल भुजेल चुनिए ।
यसैगरि महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल निर्वाचित भएको जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न प्रमोद सिटौलाको संयोजकत्वमा रुपराज मैनाली र राजु थापा रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
‘सम्वृद्धि झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ भन्ने नाराका साथ भएको अधिबेशनको प्रदेश १ का आन्न्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसर समाजले झापाको कमल गाउँपालिकामा रहेको बाढीपीडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक ,एक वटा एम्बुलेन्स दिनुका साथै झापा गाउँपालिकास्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि चाँवी हस्तान्तरण गरिएको थियो । आगामी वर्ष जिल्लाका विभिन्न क्षेत्रमा रु १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना समेत रहेको संरक्षक दिनेश पोख्रेलले वताए ।
अधिबेशनमा समाजमा आवद्ध दुई सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो । समाजले हालसम्म विश्वका ३४ देशमा आफना सञ्जाल विस्तार गरिसकेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker