नवोदय द्वारा चम्लागाई परिवार लाई सदस्य अवशान राहात कोषको रकम प्रदान

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यलय रहेको नवोदय वहुउद्येश्यीय सहकारी सस्था लिमिटेडले आज एक कार्यक्रमका बिच सदस्य राहात अवशान कोषको रकम प्रदान गरेको छ ।
गत असोज १७ गते करेन्ट लागेर मृत्यु भएका सस्थाका सदस्य विष्णु चम्लागाईको परिवार लाई समवेदना पत्रका साथै कोष बापतको २० हजार रुपैया सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले मृतकका भाई केशव चम्लागाई लाई प्रदान गरेका हुन् ।
२०५५ सालमा स्थापना भएको सस्थामा हाल १५ हजार भन्दा बढी सदस्य आवद्ध रहेका छन् । सदस्यले यो सेवा लिनकालागी सस्थामा खाता खोली प्रत्येक वर्ष ५ सय रुपैयाको दरले जम्मा गर्नु पर्ने सस्थाका व्यावस्थाक फणिन्द्र कार्किले बताए ।
सस्थाले हाल सम्ममा यो कोष बापतको ५ लाख रुपैया भन्दा बढी वितरण गरि सकेको सस्थाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker