झिलझिलेमा म्युजिकल ईभ लाईभ ईन कन्सर्ट हुने

कमल । समाज सेवी क्लव झिलझिलेले आज पत्रकार सम्मेलनगरी नजीकिदै गरेका चाडपर्वलाई लक्षित गरेर आयोजना गर्न लागेको लाईभ ईन कन्सर्टमा बारेमा जानकारी गराएको छ ।
शिवसताक्षी नगरपालिका भित्र रहेका धार्मिक तथा ऐतिहासिक तिर्थ स्थाललाई प्रवद्धन गर्न र समाजमा मौलाउदै गईरहेको विभिन्न किसिमका कुलत, कुसंगत, लागु पदार्थ ,दुव्यसनी जस्ता विकृतिबाट युवाहरुलाई जोगाउन र कुलतमा फस्नबाट सचेत गराउने उद्येश्यले अगामि २०७६ साल कात्तिक ८ गते शिवसताक्षी ८ स्थित झिलझिले मा.वि.को प्रङ्गणमा “ झिलझिले म्युजिकल ईभ लाईभ ईन कन्सर्टको” आयोजना गर्न लागेको समाज सेवी क्लवका कार्यक्रम सचिव ब्रिजेस गिरिले जानकारी दिए ।
विगत १० वर्ष देखि समाजमा भैरहेका विकृति र विसंगती विरुद्ध विभन्न कार्यक्रमका साथमा कन्सर्ट आयोजना गर्दै आएको क्लवले यो टपक ७ लाख रुपैया भन्दा बढीको खर्चमा कन्सर्टको आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय स्तरका व्याण्डमा कवहेव र आउट साईडर तथा स्थानिय व्याण्डमा प्रलय र द लिजार्डले दर्शकलाई मनोरन्जन दिने कार्यक्रम संयोजक दिपेन लिम्बुले जानकारी दिए ।

Show More

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker