नेपाल आजबाट खुला दिसामुक्त राष्ट्र: दक्षिण एशियामै पहिलो

काठमाडौं । आज सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमूख आतिथ्यमा ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो।

आज मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन्। नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सन् २०११ सालबाट सुरु गरिएको थियो। अहिले ७७ जिल्ला नै खुला दिसा मुक्त जिल्ला घोषणा भइसकेका छन्।

सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ।

साझामञ्चडट कम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker