प्याव्सन कमलले गर्यो चाडपर्व लक्षित शुभकामना

कमल । नेपालिहरुका महानचाडपर्वलाई लक्षित गरेर निजि ताथ आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन )कमलले आईतवार साँझ शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नजिकिदै आईरहेका चाडपर्वले सबैमा भाईचारको सम्बन्ध स्थापित गर्न सकोस् र सबै कमलवासि जनताले यो चाडपर्वलाई उल्लासमय वातावरणमा चाडपर्व मनाउन सकुन भन्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले शुभकमना व्याक्तगरीन् । त्यसैगरी गाउपालिकामा रहेका अन्य निजि विद्यालयलार्य पनि प्याव्सनमा समेट्न अध्यक्ष काफ्लले सुझाव दिएकी थिईन् ।
प्याव्सन कमलका अध्यक्ष बदिराम राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो,एन प्याव्सन प्रदेश नम्बर १ का सचिव अग्निप्रसाद कोईराला,कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवस श्रेष्ठ,प्रहरीचौकि केर्खाका सहायक प्रहरी निरिक्षक अशोक दर्नाल,ट्राफिक प्रहरी पोष्ट केर्खाका प्रमुख लक्ष्मि प्रसाद ओझा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्याव्सन कमलका सदस्य विजयसेन थापाले स्वगत मन्तव्य राखेका थिए भने सचिव जिवन सापकोटाले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker