कमलले गर्यो ४७५ भन्दाबढी पसलको अनुगमन

उपभोक्ता र व्यवसायी दुवै उत्साहित

कमल । चाडपर्व नजिकै गर्दा बजारमा उपभोग्य मिती समाप्त भएका बस्तुको विक्रि वितरण बढ्नुका साथै बजारमा कृतिम अभाव देखाएर व्यवसायीले मुल्यवृद्धि गर्नसक्ने संभावना लाई मध्यनजर गरेर कमल गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
अनुगमनका क्रममा हिजो कमल गाउँपालिका वडा नम्वर ५ स्थित पाडाजुगी बजार र आज पाचौंदिनमा कमल गाउपालिकाको मुख्य बजार केर्खा बजार अनुगमन गरिए थियो अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका कोक , फ्यान्टा, खिरमिक्स, मसला, चिउरा, भुजिया, दालमोठ, विस्कुट( पार्लेजी, कोकोनट,गुडडे ) ट्याङ्घ, लगायतका २ दर्जन बढी ब्राण्डका सामान नष्ट गरिएको अनुगमन समितीले जनाएको छ ।

This image has an empty alt attribute; its file name is cf-1024x576.jpg


पाचदिनदेखि सुरुगरिएको अनुगमनका क्रममा बजारमा भेटिएका उपभोग्य मिति समाप्त भएका बस्तु नष्ट गरेको , गाउँपालिकाका लगभग सबै पसल करिव ५ सय पसलमा अनुगमन गरिएको, दर्ता नभएका व्यावसायीलाई दर्तागर्न , सामान खरिदगर्दा बिललिने र दिनेगर्न , उपभेक्तालाई गुणस्तर सामनमात्र विक्रिवितरण गर्न सुझाव दिएको अनुगमन समितकिा संयोजक तथा कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटीले जानकारी दिनुभयो ।
कमल गाउँपालिका वडा नम्बर ४ को समायगढ बजार बाट अनुगमन सुरुगरेको समितीले क्याम्पा बजार, सरङ्घपाडा, वाँसवारी लगायतका भित्रि बजारको अनुगमन गरिएको र जसमा किराना , होटल , फेन्सि , एग्रोभेट , हार्डवेर , फलफुल , ईलेक्ट्रोनिक, पुस्तक पसल , टेलर्स ,औषधिपसल लगायत ४ सय ७५ भन्दा बढी पसल तथा उद्योगको अनुगमन गरेको कमल गाउँपालिकाका प्रसासकिय अधिकृत तुलसि ओझाले बताए ।

This image has an empty alt attribute; its file name is de-1024x576.jpg


उनका अनुसार अनुगमनका क्रममा उपभोग्य मिति सकिएका सामग्री बरामदगरी नष्टगरिएकोर त्यस्ता व्यवसायीलाई आईन्दा यस्ता सामान नबेच्न सुझाव दिएको यसलाई व्यवसायिले सकारात्मक रुपमा लिएको र बजार अनुगमनलाई वर्षमा एक पटक मात्र नभएर बेलाबेला यस किसिमको अनुगमन गरिनुपर्ने व्यवसायी बाट सुझाभ आएको अधिकृत ओझाले जानकारी दिए ।
अनुगमनका क्रममा कमल ५ स्थित धिरज किराना पसल बाट उपभोग्य मिति समाप्त भएका विभिन्न सामन नस्ट गरिएको थियो ३३ वर्ष देखि किराना पसल सञ्चालन गर्दै आउनुभएका पसलका प्रोप्राईटर अरविन्द महत्वले अगामी दिनमा उपभोग्य मिति हेरेरमा सामान विक्रिवितरण गर्ने बताए ।
अनुगमनका क्रममा अधिकृत विक्रेताले राजमार्ग नजिक र बढी चहलपहल हुने पसल बाट उपभोग्य मिति समाप्त भएका समान फिर्ता लिने र भित्रि बजारमा लगेर विक्रिवितरण गर्नेगरेको पाईएकोले यस विषयमा सम्बन्धित निकाय चनाखो हुन आवश्यछ । नत्र बजार अनुगमन हुदैगर्छ उपभोक्ता उहि खराब राम्राग्री प्रयोग गर्न बाध्य हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker