यो संविधान राजामाहाराजाले दिएको दान दक्षिणा मा निगाहाबक्स भएको होईन

कमल । पहिलेको जस्तो यो संविधान राजा माहाराजाले दान दक्षिणा र निगाहाबक्स भएको होईन ।
सो कुरा संविधान दिवसको पुर्व संध्यामा विहिवार कमल गाउँपालिकाले आयोजना गरेको प्रजातन्त्र र लोकतन्त्र ल्याउनका निम्ति अहोरात्र लागेर आफ्नो जिवन पाटिकामका निम्ति समर्पण गर्ने नेपालि काग्रेसका पुर्णानन्द शर्मा (दाहाल) र नेकपाका भोजकुमार घिमिरे लाई सम्मान पछि आफ्नो मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सभासद अर्जुन राईले बताएका हुन् ।

No posts found.
This image has an empty alt attribute; its file name is d-3-1024x768.jpg


सविधान निर्माणका लागी जनताले आफ्नो मनैदेखि चुनेर पठाएका जनप्रतिनिधिले बनाएको सविधान संसारकै उत्कृष्ट रहेकोले यसलाई कार्यन्वयन गराउने जिम्मापनि नेकपा र नेपालि काग्रेसको रहेको समेत राईले बताए ।

This image has an empty alt attribute; its file name is bojkumar-1-1024x576.jpg


त्यसैगरी नेकपाका केन्द्रिय सदस्य देबेन्द्र दाहालले सम्मानित व्याक्ति द्वयले प्रजातन्त्र ल्याउन धेरै ठुलो मेहनत गर्नु भएको आफ्नो जवानि यसैमा लगाउनु भएको छ धेरै ठुलो संघर्ष पछिमात्र लोकतन्त्र आएकोले वहाँहरुले गरेको मेहनतलाई हामिले सधै सम्मान गर्नुपर्न बताए । सविधानमा लेखिएका कुरा जनतालाई जानकारी गराउनु पर्ने भएकोले यस्ता कार्यक्रम खुल्ला ठाउमा गर्नुपर्ने समेत दाहालले बताए ।

This image has an empty alt attribute; its file name is purnanada-1-1024x576.jpg


सरकारले संविधानमा उल्लेख भएका मौलिक अधिकार पुरानगरेको र सरकार संवृद्धिको दिशातर्फ अगाडी बड्न नसकेको नेपाली काग्रेसका कमल गाउँसभापति खगेन भण्डारी आरोप लगाए ।
त्यसैगरी सम्मानित व्यक्ति द्वय पुर्णानन्द शर्मा (दाहाल) र भोजकुमार घिमिरे नेकपाका नेता शिव ढुङ्गेल, प्रताप सुब्बालगायतले संविधान दिवशका बारेमा बोलेका थिए भने कमल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठ ले सम्मानित व्याक्तिको सम्मानपत्र वाचन गनेका थिए ।

This image has an empty alt attribute; its file name is IMG_20190919_140009-1-1-1024x576.jpg


गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटीले गितको माध्यम स्वगत मन्तवय राखेका थिए भने गाउँपालिकाका कर्मचारी रामचन्द्र मिश्रले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker