वालवालिकाको उचित स्याहार संभार भएमात्र परिवार र देशको विकास सम्भव छ

रेनुका गौतम

आज विहान जब म आफ्नो कार्यालयको लागि निस्कें । आज बाल दिवस म महिला तथा बालबालिका शाखाको कर्मचारी भएकोले मेरो जिम्मेवारी राष्ट्रिय बालदिवस भव्यताका साथ मनाउनु पर्ने थियो । जस अनुसार तयारी चलिरहेको थियो । कार्यक्रम गाउँपालिका स्तरीय अन्तर मा.वि.बक्तृत्वकला प्रतियोगिता थियो । विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र बोकेर म हतारमा जाँदै थिएँ ।
जव म दमक चोक भन्दा पश्चिम गोर्खा डिपार्टमेन्ट अगाडी पुग्दा जुन दृष्य देखें त्यसले म आफैंलाई धेरै प्रश्न खडा भयो र लज्जास्पद पनि महसुस भयो । दृष्य थियो, छ जना सडक बालबालिका यता बाट उता लखेटिदै थिए । उनीहरु मैंलो धेरै दिन देखी ननुहाएको, कपडा पनि नफेरेको, च्यातिएको र राम्ररी जीउ पनि नढाकेको, जुत्ता चप्पल पनि नभएको, कपाल लामो यत्रतत्र छरिएको अवस्थामा थिए । कोही ठूला कोही साना उमेरमा असमानता भएका तर सवै जना बालबालिकाकै परिभाषा भित्र पर्ने थिए । उनीहरुलाई त्यति बेखुसी पनि देखिदैनथियो, मानौं उनीहरुलाई आफ्नो नियति प्रति कुनै गुनासो नै छैन ।
अव मैले आफ्ना बालबच्चा सम्झें, सात वर्षको मेरो छोराले भन्दै थियो “मामु आज त हाम्रो दिन हो”। धेरैलाई थाहा छ आज बालदिवस बालबालिकाको दिन हो । तर के ती सडक बालबालिकाको चाही आज दिन होइन , म आफै अनुत्तरित भएँ । केही गर्न नसकेको अनुुभुति भयो । सवै बालबालिकाको लागि उत्तिकै हुने दिन यो बालदिवस कहिले होला ।
हुन त हाम्रो देशमा लाखौंको संख्यामा बालश्रमिक छन् । सडक बालबालिका पनि त्यतिकै छन् । त्यसो त बुझेर वा नबुझेर बालबालिका माथि विभिन्न प्रकारका हिंसा भईरहेका छन् । आफ्नै बाबुआमाबाट पनि सम्पतिको आडमा बेवास्ता भएको, भौतिक सुखसुविधा दिएर आत्मिय सम्वन्ध कमजोर हुँदै गरेको देख्न पाईन्छ । अझ भनौं भने त बोर्डिङ स्कुलमा तिरेको रकमको रिस बालबाालिका माथि पोख्ने अनि देख्ने वित्तिकै पढ् पढ् भनेर मानसिक तनाव दिने बाबुआमा जताततै देख्न पाईन्छ । त्यस्तै अपाङ्गता भएका बालबालिकालाई अझ बढी असक्त बनाएर क्षमताको प्रस्फुटन गर्न नदिएर निस्कृय बनाउने गरिन्छ ।
यी र यस्तै समस्या प्रति सवैले आ आफ्नो तर्फबाट सोचेर केही गर्नु पर्ने देखिन्छ । तव मात्र बालबालिकाको भविष्य सुनौलो हुन्छ । बालबालिकाको उचित सम्भार भएमा परिवार तथा देशको गुणतमक विकास सम्भव छ । राष्ट्रिय बालदिवस २०७६ को सवै बालबालिकालाई शुभकामना ।


लेखक ः कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुखमा कार्यरत हुनुहुन्छ

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker