कमल गाउँपालिकाको जीवन चौकमा असोज ६ गते बाट साप्ताहिक सुरु

कमल । झापा कमल गाउँपालिका वडान्वर ४ र ६ को संगम स्थल जीवन चौकमा यहीँ असोज ६ गते सोमबारका दिनबाट प्रत्येक हप्ताको सोमबार बाट साप्ताहिक हाटबजार लाग्ने भएको छ ।

स्थानिय व्यवसायीहरुको आईतवार सम्पन्न भेलाले बजार व्यवस्थापन समितिको अध्यक्षमा बि.सप्लायर्स तथा बिजुली भण्डारका सञ्चालक राजकुमार तामाङ्गलाई सर्वसम्मत चयन गरेका हुन् । तामाङ्गको अध्यक्षतामा २१ सदस्य बजार व्यवस्यापन समिति चयन भएको छ ।

यस गाउँका उपभोक्तालाई दैनिक आवश्यक पन उपभोग्य बस्तु खरिद गर्न दमक, गौरादह, केरखाका बजार सम्म जानुपरेको र सो समान खरिद गर्न दैनिक १ घण्टा सम्म लागने भएकोले आफ्नै ठाउमा बजार लगाउन स्थानिय बासि उत्साहित भएका स्थानिय कमल कटुवालले जानकारी दिए ।
यसका साथै आफूले उत्पादन गरेका बस्तु तथा उपभोग्य बस्तु किनबेच गर्न सहज होस भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा नै बजार लगाउन लागीउको स्थानियको भनाई छ ।

साप्ताहिक हाट लगाउदा यस ठाउका उपभोक्ता लाई सहज हुने २० वर्ष देखि किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी अग्नि प्रसाद सुवेदीले बताउछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker