नेपालमै पहिलो पटक सताक्षीधाममा १०८ कुण्डको कोटीहोम

विनोद सापकोटा

दुधे । ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षीत गरि नेपालमा पहिलो पटक गौ संरक्षणका लागि कोटीहोम हुने भएको छ । गौ संरक्षणका लागि यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।
यस अघि झापाको कनकाई नदिको पुर्वीतटिय क्षेत्रमा स्वर्गीय योगि नरहरी नाथले २०४२ सालमा ५ कुण्डको कोटीहोम आयोजना गरेका थिए । अहिले सो क्षेत्रको नाम कोटीहोम रहन गएको छ । झापाको सताक्षीधाममा आयोजना गर्न लागिएको कोटीहोमको कुण्डीय महत्वका आधारमा नेपालमै पहिलो र ठुलो मानिएको अन्तराष्ट्रिय विद्धतपरिषदका अध्यक्ष घनश्याम खनालले दावी गरे । कोटीहोमले पर्यावरणलाई सुद्ध गर्ने धार्मीक बिश्वास छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थीत माहाभारत ईतिहास संग जोडिएको धार्मीक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको स्थानीयबासीले जनाएका छन । सताक्षीधाममा स्थापित गोलोक गोवद्र्धन गौसालाका संरक्षक तथा पिठाधिस नन्दकिशोर भारद्धाजले कोटीहोमको आयोजना गर्न लागेको परिषदका अध्यक्ष खनालले जानकारी दिए । कुण्डहरु १५० वर्ग फिटमा हुने छन ।
श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद्देवीभागवत कथा महोत्सव नाम दिएको उक्त कार्यक्रम कार्तीक २७ देखी मंसिर ९ सम्म (तेह्र दिवसीय) हुने आयोजक गोलोक गोवद्र्धन गौशालाका पिठाधिस नन्दकिशोर भारद्धाजले बताए । सडकमा यत्र तत्र रहेका, घर गाँउका स्थानीयले पालन पोषण गर्न नसकेका, रोगी, बृद्धगाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि कोटीहोम हुन लागेको हो ।
सरकारको कार्यक्रमपनी सन २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने गरि तयारी भईरहेका बेला सताक्षीधाममा आयोजना हुन लागेको कोटीहोमले सरकारी कार्यक्रमलाई साथ र सहयोग पुर्याएको स्थानीयबासी बताउछन । वुधबार गौशालाका पिठाधिस भारद्धाजले १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई कोटीहोमका बारेमा जानकारी दिए । मुख्य मन्त्री राईले झापाको सताक्षीधाममा साधु सन्तको आगमनले अव त्यस क्षेत्रले मुर्तरुप पाउने बिश्वास ब्यक्त गरे । मुख्य मन्त्री राईले भने, ‘१ नम्बर प्रदेशले सताक्षीधाममा आयोजना हुने कोटीहोमलाई खुलेर सहयोग गर्ने छ ।’
आयोजक संस्थाले कोटीहोम संचालनका लागि आवस्यकीय भौतिक पुर्वाधार लगायतका अन्य संरचना निर्माण गर्न शुरु गरेको छ । यसै साता भित्र संरचना निर्माण लगायतका अन्य कामले मुर्तरुप पाईसक्ने पिठाधिस भारद्धाजले जानकारी दिए ।
कोटीहोममा नेपाल लगायत भारत, भुटान, अष्ट्रेलिया, अमेरीका, क्यानाडा, न्युजिरल्याण्ड, कुवेत लगायतका मुलुकमा प्रचार प्रसारलाई तिव्र पारिएको छ । आयोजकले नेपालबाहेक बिश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दावि गरेको छ । यस्तै नेपालका डेढलाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजकले दावि गरेको छ ।
कोटिहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्चहुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सवैभन्दा धेरै खर्च चरु २७,००० किलो ग्रामको ७१ लाख हुने बताईएको छ । विहीबार सताक्षीधाममा कोटीहोमका लागि भुमी पुजन गरियो । सुनको हलोले दुई फीट वर्गाकार जमिन जोतेर कोटीहोमका लागि भुमी पुजन गरिएको हो । सो कार्यक्रममा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले हिन्दु परम्परा अनुसार पुजा गरिएिको भुमीमा हनुमानको झण्डा गाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker